IME Life New

प्राइम लाइफको जीवन बीमा कोष ९ अर्ब माथि; कस्तो आयो प्रथम त्रैमास ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

प्राईम लाईफ  इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ।  जीवन बीमा कम्पनीहरुमध्ये वित्तीय प्रतिवेदन सार्वजनिक गर्ने पहिलो जीवन बीमा कम्पनी पनि बनेको छ।

कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १० करोड २ लाख खुद नाफा गरेको छ।  गत वर्ष सोही अवधिमा कम्पनीले ६ करोड ८० लाख कमाएको थियो।  यस अवधिमा पुँजी वृद्धि  १२ प्रतिशत तर कम्पनीको  खुद नाफामा ४७ प्रतिशतको वृद्धिको कारणले गर्दा कम्पनीको प्रति शेयर आम्दानीमा सुधार देखिएको हो।  तर जीवन बीमा कम्पनीहरुको हकमा भने एक्चुअरी पश्चात मात्र वास्तविक प्रति शेयर आम्दानी र नाफा प्राप्त हुने छ।

Esewa
Crest

कम्पनीको जगेडा कोष ८ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ३  करोड  पुगेको छ भने जीवन बीमा कोष ३३  प्रतिशतले वृद्धि हुँदै ९ अर्ब  ५१ करोड  पुगेको छ।

कुल बीमा शुल्क आर्जन रकम १८  प्रतिशतले वृद्धि हुँदै ७६  करोड ५६  लाख पुगेको छ भने खुद बीमा शुल्क आर्जन रकम २३ प्रतिशतले वृद्धि हुँदै ७५ करोड ७५ लाख पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS