IME Life New

प्रसाईं र बस्नेतको समूहबीच हिंस्रक झडप हुने सूचना पछि काठमाडाैंमा निषेधाज्ञाको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडाै‌ंले मंसिर ७ गतेका लागि दुई पक्षले घोषणा गरेको प्रदर्शनका क्रममा झडप हुने स‌ंभावनालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरेको छ। प्रशासन कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै पाँच जनाभन्दा बढी मानिस एकै ठाउँमा भेला हुन वा प्रदर्शन गर्न रोक लगाएको हो ।

प्रशासन कार्यालयले सोमबारदेखि नै लागू हुने गरी ३० दिनका लागि माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ। प्रशासन कार्यालयले यी क्षेत्र अन्तर्गत पद्मोदय मोडदेखि सि‌ंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलादेखि बबरमहल बिजुली बजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्मको क्षेत्रलाई निषेधित क्षेत्र भनेको छ।

Esewa
Crest

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ क बमोजिम यी क्षेत्रहरुमा पाँच जनाभन्दा मानिस भेला हुने, जुलुस प्रदर्शन, धर्ना घेराउ अनशन सभा तथा विरोधका कार्यक्रम गर्न निषेध गरिएको हो । निषेधाज्ञाका कारण माइतीघर मण्डला छेउको सर्भिस लेन ढाकेर शान्तिपूर्ण धर्ना दि‌ंदै आएकाहरुले कम्तीमा १ महिनासम्म सो क्षेत्रमा प्रदर्शन गर्न नपाउने भएका छन् ।

झापाका व्यापारी दुर्गा प्रसाई‌ंले म‌ंसिर ७ गते काठमाडाैंको माइती घर मण्डलामा विशाल प्रदर्शन र जनसभाको आयोजना गर्ने घोषणा गरेको थियो । त्यसलाई प्रतिवाद गर्नका लागि नेकपा एमालेका कार्यकर्ता महेश बस्नेत नेतृत्वमा यूवा स‌ंघ नेपालले पनि प्रदर्शन गर्ने घोषणा गरेको छ। दुबै पक्षको एक साथ हुने विरोध प्रदर्शनमा हि‌ंस्रक झडप हुने पूर्व सूचनाका आधारमा प्रशासन कार्यालयले कार्यक्रम विथोल्न निषेधाज्ञा जारी गरेको हो ।

दुई समूहको प्रदर्शनका कारण तनावपूर्ण स्थिति सिर्जना हुनसक्ने आश‌ंकाबीच काठमाडाै‌ं उपत्यकावासीमा त्रासको माहाै‌ल सिर्जना भएको छ।

युवा संघले सरकार र अराजकतावादीविरुद्ध युवा विद्यार्थीको शक्ति प्रदर्शन गर्न लागिएको दाबी गरेको छ। झापामा क्यान्सर अस्पताल सञ्चालन गरिरहेका प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान भन्दै माइतीघरमा कार्यक्रम गर्ने तयारी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

33%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS