IME Life New

प्रविधिको विकाससँगै अवसर र चुनौति थपियो :अर्थमन्त्री डा. महत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पत्रकारितामा नयाँ प्रविधिले सजिलो बनाए पनि त्यसको सदुपयोग र दुरुपयोगको चुनौति थपिएको बताए । शनिबार आर्थिक पत्रकार समाज (सेजन) को २५ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री डा. महतले भने, ‘राजनीतिक क्षेत्रजस्तै पत्रकारिता जगत पनि परीक्षणको दौडबाट गुज्रिरहेको छ ।’

राजनीतिक क्षेत्रबाट राज्य संरचनामा जिम्मेवारीमा पुगेका हामी किन नहौं, कर्मचारी र सुरक्षा निकाय किन नहोस् या निजी क्षेत्र वा पत्रकार जगत किन नहोस् सबै क्षेत्रमा प्रविधिले चुनौति थपेको मन्त्री डा.महतले बताए। ‘हामीले पूर्ण व्यवसायका साथ जिम्मेवारीका साथ काम गर्नुको विकल्प छैन’, मन्त्री डा। महतले भने, ‘म अर्थमन्त्रालयमा पुगेकोपछि इमान्दारिताका साथ कसरी देश र जनताका लागि काम गर्ने भन्ने मानसिकताबाट मैले काम गर्ने प्रयास गरेको छु । यसलाई साथीहरुले आत्मसाथ गर्नुभएको छ, कतिपय अवस्थामा प्रश्न पनि गरे ।

Esewa
Crest

‘संसदभित्र र बाहिर मैले आफ्ना निर्णय आधारसहित प्रतिरक्षा गरेको छु, त्यसलाई सबैले स्वीकार गरेका छन्’ मन्त्री डा.महतले भने, ‘आर्थिक पत्रकार समाजलगायत सञ्चार जगतले अर्थमन्त्रालय र मेरा विषयमा कुनै प्रश्न छ भने प्रत्यक्षरुपमा चासो, चिन्ता, दुविधा र प्रश्नका लागि म सधैं खुला छु ।’

मन्त्री डा. महतले भने, ‘आफूले राम्रो गर्न खोज्दा खोज्दै कतिपय अवस्थामा निर्णय गर्न सही सुचना र सबैको सहयोग आवश्यकता पर्दछ । त्यस अर्थमा आर्थिक पत्रकार समाज सेजनसँग निरन्तर अन्तरक्रिया रहिरहोस् ।’ कामका सिलसिलामा लागिरहँदा हाम्रो कुरालाई ध्यान दिएन कि अथवा सुनेनकी भन्ने लाग्यो भने समयमै मलाई जानकारी दिन अनुरोध गर्दछु ।’

‘देशको अर्थतन्त्रलाई लयमा ल्याउने प्रयास मैले गरिरहेको छु’ मन्त्री डा. महतले भने, ‘पत्रकार जगत, बैंकिङ र निजी क्षेत्रबाट पनि म त्यही किसिमको सहयोगको अपेक्षा गर्छु । राज्यबाट पनि तपाईंहरुले सहयोगको अपेक्षा गर्नुभएको छ, त्यो स्वभाविक हो । त्यसको सहजिकरण हुन्छ ।

‘पर्यटन क्षेत्रमा सुधार भइरहेको छ, विदेशी मुद्राको सन्चित पर्याप्त छ । आर्थिक गतिविधि अगाडि बढाउनका लागि जे समस्या छ, त्यसलाई सम्बोधन गर्न सरकार लागिरहेको छ । आगामी दिनमा देशको अर्थतन्त्र सकारात्मक दिशामा जानेछ, मन्त्री डा.महतले भने ।

‘हामीले अनुमान गरेअनुसार राजश्व बढेको छैन, पोहोर सालको तुलनामा वृद्धि भइरहेको छ । आउँदो वर्ष लक्ष्यमा पुगे विश्वास लिएको छु’ मन्त्री डा. महतले भने,, ‘राज्य संयन्त्रले गर्ने कतिपय निर्णयले पनि अर्थतन्त्र प्रभावित भइरहेको छ । निजी क्षेत्रको समस्यालाई माइक्रो म्यानेजमेन्ट गर्नेतर्फ लाग्यो भने पनि समस्या आउँछ ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS