IME Life New

प्रभु लाईफ इन्स्योरेन्सको शेयर स्वतन्त्र कारोबार हुन सकेन, २६ लाख कित्ता माग हुँदा बिक्रेता शून्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत आइतबारदेखि कारोबार सुरु भएको प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको शेयर स्वतन्त्र रुपमा कारोबार हुन सकेको छैन । ब्रोकर कम्पनीहरुको सेटिङ्मा अधिकतम् मूल्यभन्दा निकै तल राखेर पहिलो कारोबार भएपछि उक्त कम्पनीको शेयर स्वतन्त्र रुपमा कारोबार हुन सकेको छैन । खरिदकर्तासँग सेटिङ मिलाएर दैनिक केही थान शेयरहरु कारोबार हुँदै आएको भएपनि स्वतन्त्रमा रुपमा कारोबार नभएको सो कम्पनीको आजको मार्केट डेप्थबाट पुष्टि भएको छ ।

प्रभु लाईफको शेयर किन्नको लागि नेप्सेमा ४१ करोड ९७ लाख ९३ हजार ३६० रुपैयाँ (अहिलेको शेयर मूल्य अनुसार) को २६ लाख ५६ हजार ९२० कित्ता शेयरको आवेदन दिएका छन् भने बिक्रीकर्ता शून्य अर्थात कोही पनि छैनन् । स्वतन्त्र रुपमा कारोबार हुँदा दुवैतिर खरिदकर्ता र बिक्रीकर्ता हुनुपर्नेमा प्रभु लाईफ इन्स्योरेन्सको शेयरमा कारोबार सुरु भएदेखि नै सेटिङमा मात्रै कारोबार हुँदै आएको छ ।

Esewa
Crest

तथ्याङ्क अनुसार प्रतिकित्ता १५८ रुपैयाँमा १३ लाख १४ हजार २०१ कित्ता शेयर किन्नको लागि पाँच हजार ४३० जना लाईनमा बसिरहेका छन् । त्यस्तै सो भन्दा तल मूल्य राखेर समेत शेयर किन्नेको लाईन देखिन्छ । सुरुमा न्यून मूल्य राखेर खरिद बिक्री भएपछि सोही मूल्य कायम भएको प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको शेयर स्वतन्त्र रुपमा दुवैतर्फ खरिदकर्ता र बिक्रीकर्ता बसेर किनबेच हुन अझै केही समय लाग्ने देखिएको छ ।

नेप्सेमा प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको ६० लाख कित्ता प्राथमिक शेयर सर्वसाधारणले कारोबार गर्न मिल्ने गरी सूचिकृत छ भने एक करोड ४० लाख कित्ता संस्थापक शेयर सूचिकृत छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS