IME Life New

प्रभु लाईफको शेयरमा सकारात्मक सर्किट, अझै हुन सकेन स्वतन्त्र कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत आइतबारदेखि कारोबार सुरु भएको प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र कारोबार अझै हुन सकेको छैन । चार दिनमा जम्मा ३६ रुपैयाँ मूल्यबृद्धि भएको शेयर किन्न हजारौं खरिदकर्ताहरु लाईनमा बसेपनि बिक्रेता आएका छैनन् ।

बुधबार प्रभु लाईफ इन्स्योरेन्सको शेयर १५ रुपैयाँले बृद्धि भएपछि सकारात्मक सर्किट लागेको छ । सर्किटभित्रै २२२ कित्ता शेयर कारोबार भएको छ । अधिकांश शेयर सेटिङमा कारोबार भएको आरोप लगानीकर्ताहरुले लगाएका छन् ।

Esewa
Crest

अधिकतम् मूल्य ३२८ रुपैयाँसम्ममा कारोबार हुनसक्ने भएपनि १३७ रुपैयाँबाट कारोबार सुरु गर्दा बिक्रेताले चाहेको मूल्यमा बिक्री गर्न पाएका छैनन् भने खरिदकर्ताले पनि चाहेको मूल्यमा शेयर खरिद गर्न सकेका छैनन् । प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको शेयरमा स्वतन्त्र कारोबार हुन अझै एक साताभन्दा बढि समय लाग्ने देखिएको छ ।

प्रतिकित्ता १३७ रुपैयाँदेखि खुला भएको कम्पनीको शेयरमूल्य चार कारोबार दिनको कारोबारमा १७३ रुपैयाँ पुगेको छ । शेयर मूल्य बढ्नुपर्नेमा सेटिङमा एक कित्ता शेयर खरिदबिक्री गरी उल्टै मूल्य घटाउन थालेपछि प्रभु लाईफ इन्स्योरेन्सको शेयरमा तीव्र चलखेल भएको पुष्टि भएको छ ।

दैनिक रुपमा सकारात्मक सर्किट लागेर अघि बढ्दा समेत प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको शेयर स्वतन्त्र कारोबार हुन अझै १० दिन लाग्ने एक ब्रोकर कम्पनीका अधिकारीले जानकारी दिए । प्रभु लाईफ इन्स्योरेन्सको शेयरमा स्वतन्त्र कारोबार हुन नसकेपछि ब्रोकर कम्पनीविरुद्धमा सामाजिक सञ्जालमा लगानीकर्ताहरुले चर्को गाली गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS