IME Life New

प्रभु लाइफले ल्यायो ‘श्रीवृद्धि जीवन बीमा योजना, चाडौ नै ६० करोडको आइपीओ जारी गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


प्रभु लाईफ इन्स्योरेन्सले नयाँ जीवन बीमा योजना सावजनिक गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रम मार्फत ‘श्रीवृद्धि जीवन बीमा योजना” सार्वजनिक गरेको छ । कम्पनीले उक्त कार्यक्रम मार्फत चाडौ नै ६० करोडको रुपैयाँ बराबरको साधारण शेयर पनि ल्याउन लागेको जानकारी दिएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले कार्यक्रममा बेल्दै –“ग्राहकहरुललाई यस बीमा योजनाबाट धेरै लाभ हुने कुरामा दुईमत नरहेको र कम्पनीको उत्कृष्ट जीवन बीमा योजनामा श्री वृद्धि जीवन बीमा योजना रहेको बताएका छन् ।”

Esewa
Crest

कम्पनीले ल्याएको नयाँ बीमा योजना अन्तर्गत बीमा रकममा प्रत्येक बर्ष पाँच प्रतिशतका दरले वृद्धि हुदै जाने र बीमाशूल्क (प्रिमियम) भने जीवन बीमा अवधिभरी एकैनास हुने रहेको छ । यसमा बीमीतले बीमाङ्कको करिब तिन गुणा रकम एकमुष्ठ रुपमा फिर्ता पाउने व्यवस्था गरिएको छ ।

टाईम भ्यालु अफ मनीको अवधारणालाई पूरा गर्ने उधेश्यले यस जीवन बीमा योजना ग्राहकहरु माझ ल्याएको कम्पनीले बताएको छ ।कार्यक्रममा गत आर्थिक बर्षको उत्कृष्ट ६ जना सिनियर एजेन्सी म्यानेनजर लाई पनि सम्मान गरिएको थियो

दुई अर्ब चुक्ता पुँजी रहेको प्रभु लाईफ इन्स्योरेन्स कम्पनीमा संस्थापक शेयरधनीेले १ अर्ब ४० करोड लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS