IME Life New

प्रभु लाइफको खुद बीमा शुल्क आर्जन ९५ प्रतिशतले बढ्यो, ६ महिनामा ८ करोड ८ लाख रुपैयाँ मुनाफा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा सम्पुर्ण उल्लेख सुधार गर्न सफल भएको छ। गत वर्षको यहि अवधिको तुलनामा खुद बीमा शुल्क आर्जन ९५.०९ प्रतिशतले बृद्धि गरेको छ। त्यस्तै कुल बीमा शुल्क आर्जन भने १६४ प्रतिशतले बढाएको छ।

प्रभु लाइफले दोस्रो त्रैमाशिक अवधिमा ६० करोड ९९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। त्यस्तै कुल बीमा शुल्क आर्जन भने २ अर्ब ६८ करोड रुपैयाँ छ। कम्पनीले यसै अवधिमा सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गरेको थियो। प्राथमिक शेयर निष्काशन पछि चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुगेको छ। जगेडा कोषमा भने २८ करोड ४१ लाख रुपैयाँ छ।

Esewa
Crest

कम्पनीले खुद मुनाफा पनि १२५ प्रतिशतले बृद्धि गर्न सफल भएको छ। यसै अवधिमा कम्पनीले ८ करोड ८ लाख रुपैया खुद मुनाफा आर्जन गरेको छ। गत वर्षको यहि अवधिमा तीन करोड ५८ लाख रुपैयाँ थियो। प्रतिशेयर आम्दानी ८ रुपैयाँ छ।

प्रभु लाइफले दोस्रो त्रैमाशिक अवधिमा एक करोड १३ लाख रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ। अभिकर्ताले ९ करोड ९५ लाख रुपैयाँ कमिसन प्राप्त गरेका छन्। हाल कम्पनीको सक्रिय बीमालेखको संख्या एक लाख ६१ हजार वटा छन्। कम्पनीले बीमितलाई ९१ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ।

कम्पनीको बोनसदर न्युनतम प्रतिहजार ३० रुपैयादेखि अधिकतम ७० रुपैयाँसम्म रहेको छ। बीमाङ्कीय मूल्याङ्कन पछि मात्रै कम्पनीको वास्तविक मुनाफा थाहा हुन्छ। कर्जा लगानी तथा अन्य आय बापत कम्पनीले ७ करोड ५० लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS