IME Life New

प्रभु लाइफको कुल बीमा शुल्क आर्जन १ अर्ब ५१ करोड, प्रति शेयर आम्दानी कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको प्रभु लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा घटेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिसम्म १० करोड १३ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही त्रैमाससम्म कम्पनीको खुद नाफा १३ करोड ७८ लाख रुपैयाँ थियो । समिक्षा अवधिमा कम्पनीको खुद नाफामा २६ प्रतिशतको गिरावट आएको छ।

Esewa
Crest

कम्पनीले ९ महिनाको अवधिमा १ अर्ब ५१ करोड कुल बीमा शुल्क आर्जन गरेको छ।  कुल बीमा शुल्क आर्जन ३४ दशमलव २९  प्रतिशतले वृद्धि भएको छ।  आर्थिक वर्ष ७७/७८ को तेश्रो त्रैमाससम्म कम्पनीले १ अर्ब १३ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो।

२ अर्ब  चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ४५ करोड ५४ लाख रकम छ भने जीवन बीमा कोषमा २ अर्ब ७१ करोड रकम रहेको छ । जीवन बीमा कोष ५३ प्रतिशतले वृद्धि भएको छ।

कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ६ रुपैयाँ ७६ पैसा छ भने प्रति शेयर नेट्वर्थ १२४ रुपैयाँ ५६  पैसा छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS