IME Life New

प्रभु बैंकले डाक्यो वार्षिक साधारणसभा, के–के छन् अजेन्डा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । प्रभु बैंकडले आफ्नो २२ औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको बैठकले आउँदो वैशाख २० गते काठमाण्डौको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा बिहान १० बजेटबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्ष २०७९।८० को सञ्चालक समितिको प्रतिवेदनका साथै लेखापरीक्षकको प्रतिवेदनसहितको उक्त आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका अनुसूचीहरु पारित गरिर्नेछ। चालु आर्थिक वर्ष २०८०।८१ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

Esewa
Crest

सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटल र प्रभु स्टक मार्केटको उक्त आर्थिक वर्षको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ। सभाले सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले वैशाख ४ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब वैशाख ४ गते अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको वार्षिक साधारणसभामा सहभागी लिन पाउँछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS