IME Life New

प्रभु क्यापिटल सहित ६ मर्चेन्ट बैंकले पाए भेञ्चर क्यापिटलको सञ्चालन अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रभु क्यापिटल सहित सञ्चालनमा रहेका ६ वटा मर्चेन्ट बैंकहरुलाई भेञ्चर क्यापिटलको सञ्चालन अनुमति प्रदान गरेको छ । धितोपत्र बोर्डको गत बुधबार बसेको सञ्चालक समितिको बैठकले प्रभु क्यापिटल, एनएमबी क्यापिटल, नबिल इन्भेष्टमेन्ट बैंकिङ, एनआईसी एसिया क्यापिटल, लक्ष्मी क्यापिटल र एनआईबीए एस क्यापिटललाई सञ्चालन अनुमति दिएको हो ।

बोर्डमा भेन्चर क्यापिटलका लागि १७ वटाले निवेदन दिएका थिए । यि मध्ये ग्लोबल इक्वीटी फण्ड र अवसर इक्वीटी फण्डले लाइसेन्स पाइसकेका छन् । यस्तो लाइसेन्स पाएका भेञ्चर क्यापिटलले नव प्रवर्तन, नयाँ अवधारणा तथा सोचमा काम गर्न चाहनेहरुका लागि आवस्यक फण्ड संकलन गर्न पाउनेछ । यसरी संकलन गरिने ‘प्राइभेट इक्वीटी फण्ड’को लागि पुनः छुट्टै स्वीकृति लिनु पर्ने व्यवस्था रहेको छ ।

Esewa
Crest

कुनै पनि व्यवसायीले लगानीका लागि सामान्यतया बैंक तथा वित्तीय संस्था र शेयर बजारबाट पूँजी जुटाउने गर्छ । बैंकहरुबाट कर्जा लिदा सबैले पाउने सक्ने अवस्था रहदैन । त्यस्तै शेयर पूँजी संकलन गर्न धेरै ठुलो प्रकृयाँ अपनाउनु पर्छ । तर कुनै नयाँ व्यवसायिक सोच भएका, सञ्चालन भइरहेको कम्पनी जहाँ व्यवसायिक भविष्य छ तर तत्कालन पूँजीको अभावमा बन्द हुनु पर्ने अवस्था छ भने त्यस्ता व्यवसायीहरुलाई यस्ता फण्ड मार्फत पूँजी परिचालन गर्न सकिने नेपाल धितोपत्र बोर्डका उप कार्यकारी निर्देशक रुपेश केसीले जानकारी दिए ।

यस्ता भेन्चर क्यापिटले स्थापना गर्ने प्राइभेट इक्वीटी फण्डमा न्युनतम २० देखि अधिकतम २०० जनासम्मले मात्रै लगानी गर्न पाउछन् । जहाँ न्युनतम पनि ५० लाख रुपैयाँ लगानी गर्नु पर्ने हुन्छ । नियम अनुसार सर्वसाधारण लगानीकर्ता भन्दा पनि संस्थागत लगानीकर्ता र ठुला लगानीकर्ताका लागि यस्तो फण्डमा लगानीको लागि आह्वान गरिन्छ ।

यस्ता लगानीकर्तालाई क्यापिटलले निश्चित प्रतिशत प्रतिफल दिने सुनिश्चित गर्नु पर्ने हुन्छ । जुन सामान्य लगानीको भन्दा उच्च किसिमको प्रतिफल रहन्छ । यो उच्च जोखिमयुक्त क्षेत्रमा लगानी गर्ने भएकाले संस्थागत र ठुला लगानीकर्ताहरुले बढि प्रतिफलको अपेक्षा गर्छन् ।

लगानीको जोखिम तथा प्रतिफलको विश्लेषण गरी कोषको स्वपूँजीमा लगानी गर्न सक्ने बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, अवकाश कोष, कल्याणकारी कोष, सञ्चय कोष, नागरिक लगानी कोष जस्ता संस्थाहरुले भेन्चर क्यापिटलको लाइसेन्स लिन पाउछन् ।

यसले पूँजी सिर्जनाका लागि सबैभन्दा महत्वपुर्ण भुमिका खेल्ने केसीको भनाइछ । कोभिड १९ का कारण कयौ कम्पनी तथा आयोजना संकटग्रस्थ अवस्थामा छन् । यस्ता फण्डले डुब्न लागेका तथा भिविष्य भएका त्यस्ता संस्थालाई ठुब्न नदिएर बचाउन महत्वपुर्ण भुमिका खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS