IME Life New

प्रभु क्यापिटलले त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागका विद्यार्थीलाई व्यवहारिक शिक्षामा सहकार्य गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु क्यापिटल लिमिटेड र त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभाग बीच एमओयु सम्झौता सम्पन्न भएको छ । प्रभु क्यापिटल लिमिटेडको सभाहलमा एक कार्यक्रमबिच सो सम्झौता भएको हो । सम्झौतामा प्रभु क्यापिटल लिमिटेडका प्रबन्ध निर्देशक  दिनेश थकाली र केन्द्रीय व्यवस्थापन विभागका विभागीय प्रमुख प्रोफेसर डक्टर  रामजी गौतमले हस्ताक्षर गरेका थिए  ।

देशमा दक्ष व्यवस्थापकीय क्षमता भएका जनशक्ति उत्पादन गर्ने तथा विद्यार्थीहरुलाई वित्त तथा व्यवस्थापनको क्षेत्रमा व्यवहारिक शिक्षा प्रदान गर्ने लगायतका विषयमा सहकार्य गर्ने गरी सो आपसी समक्षदारी पत्रमा सम्झौता भएको हो । सो सम्झौता अनुसार प्रभु क्यापिटलले केन्द्रीय व्यवस्थापन विभागमा एमबिए तहमा अध्ययनरत विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने हेतुले  प्रभु क्यापिटल मेरिट अवार्ड प्रदान गर्ने तथा क्यापिटलको अनुसन्धान तथा विश्लेषण कार्यमा मद्दत पुग्ने गरी केन्द्रीय व्यवस्थापन विभागका फ्याकेल्टी मेम्बर तथा विद्यार्थीहरुसँग सहकार्य गर्ने लगायतका विषयमा सम्झौता भएको हो  ।

Esewa
Crest

उक्त  कार्यक्रममा त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागका तर्फबाट एमबिए कार्यक्रम निर्देशक सहप्राध्यापक ज्ञानमणी अधिकारी, एमबिए कार्यक्रम उपनिर्देशक उपप्राध्यापक डा. बलराम दुवाल र प्रशासकीय अधिकृत  मुकुन्द रिमाल तथा प्रभु क्यापिटलका तर्फबाट सञ्चालक उपप्राध्यापक डा.  भरत सिंह थापा, लगानी शाखा प्रमुख  दुर्गा नन्द झा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS