IME Life New

प्रभु क्यापिटलका हितग्राहीले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीमा छूट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीसंग  हितग्राहीलाई सेवामा छूट दिन व्यवसायिक समझौता गरेको छ । आज बुधबार गरिएको उक्त समझौता २ वर्षका लागि लागू हुनेछ । सो सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री आशिष गौचनले तथा सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीको तर्फबाट कर्पोरेट सेल्स एण्ड मार्केटिङ्ग म्यानेजर नृपेश श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौता बमोजिम सिद्धार्थ बिजनेश ग्रुप अन्तर्गतको होटेल, रेर्सोट, रेष्टुरेन्ट तथा कैफे आदिमा सेवा लिदा प्रभु क्यापिटलका हितग्राही ग्राहक महानुभावहरुले खाना तथा पेर्य पदार्थमा १० प्रतिशत तथा रुम बुकिङ्गमा २०% छुट अफर पाउने भएका छन् । प्रभु क्यापिटलका ग्राहकले आफ्नो डिम्याट कन्फरमेशन तथा परिचय पत्र देखाई देखाउनु पर्नेछ । कम्पनीले हितग्राही (डिम्याट) खाता खोल्ने सुविधा प्रभु क्यापिटल, कमलादी तथा प्रभु बैंकको जुनसुकै शाखाहरुबाट पनि उपलब्ध रहेको बताएको छ ।

Esewa
Crest

सिद्धार्थ ग्रुपले नेपालको विभिन्न जिल्लाहरुमा हस्पिटयालिटी सेवाहरु दिदै आएको छ । जसमा हाल १४ होटेल तथा रेर्सोट, ४ रेष्टुरेन्ट रहेको छ तथा २ कैफ गरि २० स्थानबाट सेवा दिदै आएको छ जसमा सिद्धार्थ बुटिक होटल बौद्ध, सिद्धार्थ कटेज रेष्टुरेन्ट तीनकुने, क् कैफे सुविधानगर, तीनकुने, सिद्धार्थ कटेज रेष्टुरेन्ट धोबीघाट, सिद्धार्थ फुडल्यान्ड पुरानो बानेश्वर, सिद्धार्थ कटेज एण्ड होटेल बुटवल, सिद्धार्थ भिलासा भैरहवा, सिद्धार्थ होटल ग्रीन लुम्बिनी, सिद्धार्थ भिलासा चितवन, रिभर साइड रिसोर्ट चुम्लिङ्गटार, चितवन, सिद्धार्थ लुम्बिनी ग्रीन रिर्सोट चन्द्रौटा, सिद्धार्थ नेपालगन्ज, कटेज रेष्टुरेन्ट नेपालगन्ज, एस कैफे नेपालगन्ज, सिद्धार्थ होटल टीकापुर, कैलाली, सिद्धार्थ रिसोर्ट चिसापानी, कैलाली, सिद्धार्थ होटल ग्रान्ड सिटी बिर्तामोड, सिद्धार्थ होटल न्यू आनन्द महेन्द्रनगर, सिद्धार्थ सन्नी रिसोर्ट सुर्खेत, सिद्धार्थ होटल वाटर टावर नुवाकोट आदि रहेका छन् भने आउटलेट अझ थपिने क्रम जारी छ ।

प्रभु क्यापिटल लिमिटेड मर्चेन्ट बैंकमा अग्रणी क्यापिटल हो जसले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकहरुलाई प्रभावकारी रुपमा मर्चेन्ट बैकिङ्ग सेवा दिनुका अतिरिक्त समय समयमा यस्ता व्यवसायिक समझौता गरी यस्ता छूट तथा अफर सुबिधा माफएत ग्राहकलाई थप सन्तुष्टि दिन समेत अग्रसर रहेको देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS