IME Life New

प्रभु इन्स्योरेन्सको “कृषि तथा पशुपन्छी बीमा क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न”

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

प्रभु इन्स्योरेन्स लिमिटेडको कृषि तथा पशुपन्छी बीमा क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न भएको छ । कम्पनीले कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ मा व्यवस्था भए बमोजिम तोकिएको समय अगावै आफ्नो कार्य क्षेत्र तोकिएका सम्पूर्ण जिल्लाहरुमा तालिम सम्पन्न गरेको  हो ।

Esewa
Crest

कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम बीमा समितिका प्रतिनिधिको पर्यवेक्षण तथा प्रशिक्षणमा सञ्चालित तालिममा बिभिन्न कृषि तथा पशुपन्छी बिज्ञहरुले प्रशिक्षण प्रदान गरेका थिए  ।

कम्पनीको कार्य क्षेत्र तोकिएका जिल्लाहरु मुस्ताङ्ग, म्याग्दी, बागलुङ्ग र स्याङ्गजामध्ये कम्पनीले मुस्ताङ्ग, म्याग्दी र बागलुङ्गमा कार्तिक महिनामै तालिम सम्पन्न गरि सकेको थियो । कम्पनीले यही मंशिर २२ गते देखि २४ गतेसम्म स्याङ्गजामा सञ्चालित तालिम समापन तथा प्रमाण–पत्र बितरण कार्यक्रमलाई सम्वोधन गर्नुहुंदैै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले बीमा समितिबाट जारी भएको निर्देशिका अनुसार तोकिएको समय अगावै तालिम सम्पन्न गर्न सकिएको र तालिमको कारण बीमा क्षेत्रमा दक्ष जनशक्ति बिकासमा सहयोग पुग्ने बाताउनु हुंदै कम्पनीले सञ्चालन गरेको तालिमबाट ५० जना भन्दा बढी क्षति मुल्याङ्कनकर्ता तयार भएकोले आगामी दिनमा कृषि तथा पशुपन्छी बीमाको क्षति मुल्याङ्कन तथा दावी भुक्तानीमा सहज हुने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS