IME Life New

प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक पाए विश्वासको मत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक पनि विश्वासको मत प्राप्त गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैंठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेका थिए ।

संसदमा उपस्थित २६२ सांसदमध्ये प्रधानमन्त्री प्रचण्डलाई १७२ सांसदले मत दिएका छन् । साथै उनलाई मत नदिने सांसदको संख्या ९९ जना रहेका थिए भने १ जना सांसद तटस्थ बसेका थिए ।

Esewa
Crest

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनेमा नेपाली काँग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, जनमत, लोसपा, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद प्रभु शाह र अमरेश सिंह रहेका छन् ।

साथै प्रधानमन्त्रीलाई विश्वासको मत नदिनेमा भने नेकपा एमाले, नेमकिपा, राप्रपा र स्वतन्त्र सांसद योगेन्द्र मन्डल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS