IME Life New

प्रधानमन्त्री ओली समक्ष पुग्यो लगानीकर्ताको समस्या, बालुवाटारमा सामूहिक छलफल गरिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लामो समयदेखि सरकारी गलत नीतिका कारण अप्ठेरो अवस्थाबाट गुज्रिरहेको शेयर बजारलाई माथि उकास्न लगानीकर्ताहरुले पटक पटक अर्थमन्त्री, धितोपत्र बोर्ड तथा नेप्सेमा आफ्ना मागहरु राख्दै आएपनि समस्याको समाधान नभएपछि लगानीकर्ताहरु समस्या बोकेर प्रधानमन्त्री केपी ओली समक्ष पुगेका छन् ।

शेयर लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले अनौपचारिक च्यालनबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई मंगलबार ज्ञापन पत्र बुझाएकी हुन् । मंगलबार बालुवाटारस्थित प्रधानमन्त्री निवासभित्रैको सभाहलमा आयोजित एक कार्यक्रममा अध्यक्ष पोखरेलले प्रधानमन्त्री ओलीलाई १४ बुँदे ज्ञापन पत्र बुझाएकी हुन् । ज्ञापन पत्रमा बैंकको चर्को ब्याज, कर्जाको सीमा, अनलाईन ट्रेडिङ सिष्टमको समस्या, महिलालाई शेयर कारोबारमा छुट दिइनुपर्ने लगायतका मागहरु समावेश छन् ।

Esewa
Crest

शेयर लगानीकर्ता संघको ज्ञापन पत्रको संक्षित कुरा सुनेपछि प्रधानमन्त्री ओलीले आफू शेयर बजारबारे निकै चिन्तित रहेको भन्दै प्रम ओलीले बालुवाटारमा छिट्टै बृहद छलफल गर्न बोलाउने आश्वासन दिएको अध्यक्ष पोखरेलले इन्स्योरेन्स खवरलाई जानकारी दिइन् । अध्यक्ष पोखरेलका अनुसार शेयर लगानीकर्ताको समस्या सुनेपछि प्रधानमन्त्री ओली निकै संवेदनशील बन्दै शेयर बजारको समस्या हल गर्न आफूले पनि चाहेको तर व्यस्तताको कारण समय दिन पनि नसकेको र पीडितहरुको गुनासो सुन्न समेत नसकेको बताए । प्रम ओलीले शेयर बजारलाई सुधारको मार्गमा अघि बढाउन प्रधानमन्त्री ओलीले बालुवाटारमा सामूहिक छलफल गर्ने भन्दै तयारी गर्न आग्रह गरेको अध्यक्ष पोखरेलले बताईन् ।

प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रको अंशहरुः
१. सेयर लोनमा लगाईएको चर्काे बैंक ब्याज घटाईनु पर्छ,
२. सेयर धितो कर्जाको सिमा ६५ प्रतिशत बाट ८० प्रतिशतसम्म पुर्याउनु पर्छ,
३. सबै लगानीकर्ताको हातमा सर्बसुलभ तरिकाले अनलाइन ट्रेडिङ सिस्टम पुर्याइनु पर्छ,
४. आर डब्लु एसलाई अँझ व्यापक बनाईनु पर्छ,
५. सेयर शिक्षा तथा अभर्नेस प्रोग्रामहरु देश ब्यापी बनाउने तर्फ ध्यान दिईनु पर्छ,
६. बजेट मार्फत गैरआवासिय नेपाली संघलाई नेपालको पूँजी बजारमा लगानी गर्ने दायरा फराकिलो बनाइन्छ भनिएको छ, त्यसलाई यथाशक्य छिटो कार्यान्वायनमा ल्याईनु पर्छ,
७. सेयर बजारमा महिला सहभागिता बढाउन घर जग्गा कारोबारमा जसरी छुट दिने व्यबस्था गरिएको छ त्यसै गरि सेयर कारोबारमा पनि महिलालाई छुट दिने व्यबस्था गर्नु पर्छ,
८. पूँजीबजारमा अधिक सप्लाई सोस्ने संयन्त्र भएन त्यसैले बजामा रहेका ठूला ठूला कोषहर जस्तै (नागरिक लगानीकोष, कर्मचारी संचयकोष र सैनिक कल्याणकारीकोष) लगाएतका कोषहरुलाई बजार निर्माताको रुपमा भित्र्याउने व्यबस्था गर्नुपर्छ,
९. समयमा बार्षिक साधारण सभा नगर्ने कम्पनीका संचालकहरुलाई ऐन नै संसोधन गरी कडा जरिवानाको ब्यबस्था गर्नुपर्छ,
१०. बैंकहरूले लगानीयोग्य पूँजीको कृत्रिम भुत देखाई बेलाबेलामा सेयर बजारमा चलखेल गर्ने वातावरणको अन्त्य गर्नुपर्छ,
११. बैंकहरुमा रहेको तरलताको कारण बजारमा नकारात्मक असर परेको छ । त्यसैले बैंकहरुको सी सी डी रेसियो केही समयलाई भने पनि ८५ प्रतिशत गर्नुपर्छ,
१२. कमर्सियल बैंक, बिकाश बैंक र फाईनान्स कम्पनीहरु लाई २०७७ असार मसान्त सम्मको लागी मात्रै भए पनि कम्तिमा ५ प्रतिशत क्रस होल्डिङको ब्यबस्था गरिनुपर्छ,
१३. सेयर धितो मूल्यांकनको ८० प्रतिशतसम्म कर्जाको सुनिश्चितताका गर्नुपर्छ,
१४. जसरी बैंकहरुमा बिग मर्जरको होड चलाइएको छ । त्यसैगरी च्याउसरी खोल्न लाईसेन्स बितरण गरिएका लघुवित्तलाई समेत बिग मर्जरमा जान प्रोत्साहित गरिनुपर्छ । नयाँ लाईसेन्स बितरणत त ठ्याम्मै रोक्नै पर्छ जस्ता माग रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS