IME Life New

प्रधानमन्त्री ओलीसँग विवादपछि उपप्रधानमन्त्री यादवद्वारा राजिनामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री ओलीसँग मन्त्रिपरिषद बैठकमै विवाद परेपछि संघीय समाजवादी पार्टीले सत्ता छोड्ने निर्णय गरेको छ । मंगलबार बसेको पार्टी पदाधिकारीको बैठकले तत्काल सरकार छाड्ने निर्णय गरेको हो । निर्णयसँगै उपप्रधान तथा कानुन मन्त्री उपेन्द्र यादवले पदबाट राजिनामा दिने तयारी गरेका छन् ।

Esewa
Crest

स्वास्थ्य मन्त्रीको हैसियतमा दिल्ली भ्रमणमा रहेका बेला नेपालमा पत्तै नपाई मन्त्रालय नै फेरिपछि असन्तुष्ट बनेका यादवले नियोजित रुपमा हिजो सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकमा संविधान संशोधनको एजेण्डा प्रस्तुत गर्न खोज्दा विवाद उत्पन्न भएको थियो । संघीय समाजवादी दलका नेता राजेन्द्र कुमार श्रेष्ठले सरकार छोड्ने निर्णय भएकाले मन्त्री पदमा रहेका उपेन्द्र यादवले आजै प्रधानमन्त्री केपी ओली समक्ष राजिनामा बुझाउने निर्णय गरिएको बताए ।

सो पार्टीबाट हाल सरकारमा उपप्रधानमन्त्री तथा कानुनमन्त्री यादव र सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई मात्र छन्। दुवैले आजै राजिनामा गने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS