IME Life New

प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन नगर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत असारदेखि सत्तारुढ दल नेकपाभित्र उत्पन्न विवाद साम्य पार्न गत असोजमा भएको सहमति तथा पार्टीकै कार्यदलले दिएको सुझावमा वर्तमान सरकारमा सहभागी मन्त्रीहरु परिर्तन गर्ने र मन्त्रिमण्डल पुनर्गठन गर्ने भन्ने थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सो बमोजिम मन्त्रिमण्डल पुनर्गठन गर्ने सम्बन्धमा छलफल चलाएको भएपनि मन्त्रिमण्डल पुनर्गठन कार्य तत्कालका लागि स्थगित गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना निकटवर्तीहरुलाई अब पार्टीभित्र पुनः विवाद झिकिएकोले मन्त्रिमण्डल पुनर्गठनको च्याप्टर क्लोज भएको सन्देश विपक्षी माधव कुमार नेपाल तथा प्रचण्डलाई दिएका छन् । सूत्रका अनुसार प्रम ओलीले अब कुनै पनि हालतमा मन्त्रिमण्डल पुनर्गठन गर्ने छैनन् । उनले सबै मन्त्रिहरुलाई मन्त्रिमण्डल पुनर्गठन नहुने भएकोले ढुक्क भएर नतिजामुखी काम गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री ओलीले पार्टीका नेताहरुले अह्राएको काम भन्दा पनि जनताको आवश्यकता, देशको हितमा काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएको बुझिएको छ ।

Esewa
Crest

वर्तमान मन्त्रिमण्डलका उर्जा मन्त्री वर्षमान पुन, उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्य भानुभक्त ढकाल, पर्यटन योगेश भट्टराई, श्रम रामेश्वर राय यादव तथा वन मन्त्री शक्ति बस्नेतलाई हटाएर नयाँ मन्त्रीहरु थप गर्ने चर्चा बजारमा चलेको थियो । प्रधानमन्त्री ओलीले अब नयाँ मन्त्रीहरु थप नगर्ने तथा अब निर्वाचन आउन समेत धेरै समय बाँकी नरहेकोले मन्त्रिमण्डल पुनर्गठनतिर नलाग्ने भन्दै मन्त्रीहरुलाई ढुक्क भएर काम गर्न निर्देशन दिन थालेको मन्त्रीहरुले चर्चा गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS