IME Life New

प्रदेश १ मा प्रहरी अस्पताल स्थापना, स्थानीयलाई समेत सेवा दिन प्रहरी महानिरीक्षक सिंहको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले मोरङ बेलबारी नगरपालिका–३ स्थित पुरानो ईलाका प्रहरी कार्यालयको भवनमा संचालित १ नम्बर प्रदेश प्रहरी अस्पतालको बुधबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गरेका छन । उद्‍घाटन पश्चात प्रहरी महानिरीक्षक सिंहलगायत अन्य अथितिहरुले अस्पतालको साथै उपलब्ध स्वास्थ्य उपकरणहरुको अवलोकन गरेका थिए ।

अस्पताल उद्‍घाटन कार्यक्रमलाई सम्वोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले १ नम्बर प्रदेश प्रहरी अस्पतालको सुभारम्भले यस प्रदेशमा रहेका पूर्व प्रहरी कर्मचारी, अमर अशक्त प्रहरी कर्मचारी तथा बहालवाला प्रहरी कर्मचारीका साथै आश्रित परिवार समेतको स्वास्थ्य सेवामा पहुँच पुग्ने बताए। साथै प्रहरी अस्पतालको निर्माण र सेवा सुभारम्भले स्थानीयवासीले समेत सेवा पाउने हुँदा सबै किसिमका बिरामीहरुलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन कार्यरत प्रहरी कर्मचारीहरूलाई उनले निर्देशन दिए ।

Esewa
Crest

उक्त अवसरमा नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौंका मेडिकल डाईरेक्टर प्राबिधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा। आशा सिंहले सीमित श्रोत र साधनकाबीच प्रदेश प्रहरी अस्पतालको अवधारणा ल्याई सेवा सुभारम्भ गरिएको बताउँदै अबका दिनमा सेवा संचालनमा हरेक क्षेत्रको सहयोग अपरिहार्य रहेको उल्लेख गरे ।

कार्यक्रममा बेलवारी नगरपालिकाका प्रमुख दिल प्रसाद राईले नगर क्षेत्रमा प्रहरी अस्पतालको निर्माणले नगरवासीहरु उत्साहित रहेको बताउँदै हरेक नागरिकको स्वास्थ्य सेवामा प्रहरी अस्पतालको अहम् भूमिका रहने र अस्पतालको स्तरोन्नति लगायतका क्षेत्रमा सहयोग र समन्वयको लागि नगरपालिका सदैव तत्पर रहेको बताए।

उक्त कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले स्वागत मन्तब्य व्यक्त गर्दै अस्पतालबाट प्रभावकारी स्वास्थ्य सेवा प्रदान हुनेमा बिश्वस्त रहेको बताए । उक्त अस्पतालका प्रहरी नायव उपरीक्षक डा। सरोज सिंहले अस्पतालको सेवा सम्वन्धि प्रतिवेदन प्रस्तुत गर्दै तत्काल ३ जना बिशेषज्ञ चिकित्सकसहित १० जनाको प्राबिधिक टोलीले ओपिडि तथा ईमरजेन्सी लगायतका सेवा प्रदान गर्ने जानकारी दिए।

उद्‍घाटन कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, प्रदेशस्थित अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, बिभिन्न सरकारी तथा गैह्रसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, पूर्व प्रहरी कर्मचारीहरु, संचारकर्मी तथा स्थानीयबासी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS