IME Life New

प्रदेश १ मा कृषि कर्जामा उल्लेखनीय वृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। प्रदेश १ का जिल्लाहरुमा कृषि ‌कर्जामा ४१.७ प्रतिशतले उल्लेखनीय वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको प्रादेशिक
आर्थिक प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कृषि कर्जा ४१.७ प्रतिशतले बढेको छ ।

महा लगानी उल्लेखनीय रुपमा वृद्धि भएपनि कूल कर्जा लगानीको १०‌ प्रतिशत भन्दा कम रहेको छ। २०७८ असार मसान्तमा कूल प्रवाहित कर्जामध्ये कृषि क्षेत्रमा प्रवाह भएको कर्जाको अंश ९.८ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

Esewa
Crest

आर्थिक वर्ष २०७६/७७ को तुलनामा आर्थिक वर्ष २०७७/७८ मा समग्र कृषि बालीले ढाकेको कूल क्षेत्रफल बढेपनि बाली उत्पादन भने ह्रास आएको छ

बाली उत्पादन ‌क्षेत्र ०.१ प्रतिशतले बढेको भएपनि कृषि बालीहरुको उत्पादन ०.८ प्रतिशतले घटेको छ । प्रमुख खाद्य बालीबाहेकका अन्य बालीहरुको उत्पादनमा कमी आएकाले समग्र कृषि बालीहरुको उत्पादन घटेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७६/७७ को तुलनामा आर्थिक वर्ष २०७७/७८ मा धान उत्पादन २.४ प्रतिशत, मकै उत्पादन १.२ प्रतिशत तथा गहुँ उत्पादन ४.१ प्रतिशतले बढेको छ भने कोदो‌ उत्पादन १.३ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा तरकारी उत्पादन १.२ प्रतिशत र फलफूल तथा मसला उत्पादन ५.९ प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष २०७६/७७ को तुलनामा आर्थिक वर्ष २०७७/७८ मा कुल सिञ्चित क्षेत्रफल २.१ प्रतिशत र कूल खेतीयोग्य क्षेत्रफल १.१ प्रतिशतले बढेको छ भने खेती गरिएको क्षेत्रफल ०.१ प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष २०७६/७७ को तुलनामा आर्थिक वर्ष २०७७/७८ मा दूध उत्पादन २.१ प्रतिशत, अण्डा उत्पादन ८.० प्रतिशत र माछा उत्पादन ६९.१ प्रतिशतले बढेको छ भने मासु उत्पादन ०.५ प्रतिशतले घटेको छ ।

विभिन्न जिल्लाहरुमा प्रदेश तथा संघीय सरकारको अनुदानमा पोखरी निर्माण सम्पन्न भएको तथा माछाका भुराहरुको उत्पादन तथा वितरणमा बढोत्तरी भएका कारण माछाको उत्पादनमा वृद्धि भएको देखिन्छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा काठ उत्पादन ३९.३ प्रतिशत, दाउरा उत्पादन १२.७ प्रतिशत र औषधिजन्य उत्पादन ४५.४ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा कोरोना महामारीका कारण प्रदेश नं। १ का डिभिजन वन कार्यालयले रुख कटान गर्ने स्वीकृति नदिएको तर समीक्षा वर्षमा निजी वनको काठ कटानका लागि स्वीकृत दिएकाले काठ उत्पादन बढेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS