IME Life New

प्रदेश नम्बर सातबाट १ खर्ब २८ अर्ब बीमाशुल्क संकलन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


रिना खत्री

चालु आर्थिक बर्ष २०७४/७५ को कार्तिक मसान्तसम्ममा प्रदेश नम्बर सातबाट जीवन बीमा कम्पनीहरुले १ खर्ब २८ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । जसमध्ये कम्पनीहरुले प्रथम बीमाशुल्क बापत ५० करोड ६० लाख रुपैयाँ संकलन गरेका छन् भने नविकरणीय शुल्क बापत ७७ करोड ७४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

बीमा समितिको तथ्यांक अनुसार चालु आवको कार्तिकसम्ममा कम्पनीहरले ९१ हजार १२५ वटा बीमालेख जारी गरेका छन् । जसमध्ये ४३ हजार ८ नयाँ बिमालेख छ भने ४८ हजार ११७ वटा नविकरण गरिएको बीमालेख छन् ।

Esewa
Crest

कम्पनीहरुले उक्त क्षेत्रमा सावधिक जीवन बीमा, अग्रिम भुक्तानी सावधिक जीवन बीमा, रुपान्तरित सावधिक जीवन बीमा, सामान्य म्यादी जीवन बीमा, आजीवन जीवन बीमा, बिशेष म्यादी जीवन बीमा र अन्य जीवन बीमा व्यवसाय गर्दै आएका छन् ।

सावधिक जीवन बीमा

कम्पनीहरुले संकलन गरेको कुल बीमाशुल्कमध्ये सावधिक जीवन बीमा बापत कम्पनीहरुले ६३ करोड १३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् जसमध्ये प्रथम बीमाशुल्क बापत २३ करोड ७४ लाख रुपैयाँ संकलन गरेका छन् ,भने नविकरणीय बीमा बापत ३९ करोड ३८ लाख रुपैयाँ संकलन गरेका छन् । उक्त अवधिमा कम्पनीहरुले सावधिक जीवन बीमा बापत ४२ हजार ९९७ वटा बीमालेख जारी गरेका छन् ।

अग्रिम भुक्तानी साविधक बीमा

अग्रिम भुक्तानी सावधिक जीवन बीमा बापत कम्पनीहरुले ३१ करोड ४१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । जसमध्ये प्रथम बीमाशुल्क बापत ९ करोड ५९ लाख रुपैयाँ संकलन गरेका छन् भने नविकरणीय बीमा बापत २१ करोड ८१ लख रुपैयाँ संकलन गरेका छन् । उक्त अवधिमा कम्पनीहरुले ७ हजार ३११ वटा बीमालेख जारी गरेका छन् ।

रुपान्तरित सावधिक जीवन बीमा

रुपान्तरित सावधिक जीवन बीमा बापत कम्पनीहरुले ९ करोड ५६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । उक्त बीमामा प्रथम बीमाशुल्क बापत कम्पनीहरुले २ करोड ७३ लाख रुपैयाँ संकलन गरेका छन् भने नविकरणीय बीमा बापत भने कम्पनीहरुले ६ करोड ८२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले ४ हजार ९४ रुपान्तरित साविधक जीवन बीमालेख जारी गरेका छन् ।

सामान्य म्यादी जीवन बीमा

चालु आवको कार्तिक मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले प्रदेश नम्बर ७ बाट सामान्य म्यादी जीवन बीमा बाप्त ३ करोड ५६ लाख रुपैयाँ संकलन गरेका छन् । जसमध्ये प्रथम बीमाशुल्क बापत ३ करोड ५४ लाख रुपैयाँ संकलन भएको छ भने नविकरणीय बीमा बापत २ लाख २६ हजार रुपैयाँ बीमाशुल्क सकलन भएको छ । कम्पनीहरुले १८ हजार ७४९ सामान्य म्यादी जीवन बीमालेख जारी गरेका छन् ।

आजीवन जीवन बीमा

जीवन बीमा कम्पनीहरुले आजीवन जीवन बीमा बापत ६ करोड ७४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । चालु आवको कार्तिक महिनासम्ममा कम्पनीहरुले ७ नम्बर प्रदेशबाट उक्त रकम संकलन गरेका हुन् । जसमध्ये प्रथम बीमाशुल्क बापत कम्पनीहरुले १ करोड ९५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् भने नविकरणीय बापत ४ करोड ७८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । उक्त अवधिमा कम्पनीहरुले ३ हजार ९५४ वटा आजीवन जीवन बीमालेख जारी गरेका छन् ।

बिशेष म्यादी जीवन बीमा

जीवन बीमा कम्पनीहरुले चालु आवको पहिलो सात महिनाको अवधिमा बिशेष म्यादी जीवन बीमा बापत २ लाख ९५ हजार रुपैयाँ संकलन गरेका छन् । कम्पनीहरुले उक्त अवधिमा प्रदेश नम्बर ७ बाट मात्रै उक्त रकम संकलन गर्न सफल भएका हुन् । जसमध्ये कम्पनीहरुले प्रथम बीमाशुल्क बापत २ लाख ७४ हजार र नविकरणीय बापत २१ हजार रुपैयाँ संकलन गरेका छन् । कम्पनीहरुले जम्मा ७३ वटा बिशेष म्यादी जीवन बीमा जारी गरेका छन् ।

अन्य बीमा व्यवसायबाट कम्पनीहरुले १ करोड ६३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । जसमध्ये प्रथम बीमाशुल्क बापत ९२ लाख ११ हजार रुपैयाँ र नविकरणीय बापत ७१ लाख ६७ हजार रुपैयाँ बीमााशुल्क संकलन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS