IME Life New

प्रथम बीमा शुल्क आम्दानीमा युनियन र नेपाल लाईफको छलाङ, एलआईसी नेपाल र नेशनल पछ्याउँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्मका बीमा कम्पनीहरुले संकलन गरेको प्रथम बीमा शुल्कको आधारमा युनियन लाईफले तीव्र गतिको प्रगति गर्दै अघि बढेको देखिएको छ । पुराना कम्पनीहरुलाई पछि पार्दै युनियन लाईफ तेस्रो कम्पनी बन्न सफल भएको प्रथम बीमा शुल्क सम्बन्धी तथ्याङ्कबाट खुलेको छ ।

बीमा समितिबाट प्राप्त तथ्याङ्क अनुसार लकडाउनका बीच नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले प्रथम बीमा शुल्क आर्जन उल्लेख्य बृद्धि गर्दै १० अर्ब १६ करोड रुपैयाँ पुर्याउन सफल भएको छ ।

Esewa
Crest

कूल ३३ अर्ब ८० करोड प्रथम बीमा शुल्क संकलन भएकोमा नेपाल लाईफले मात्रै एक तिहाई अर्थात १० अर्ब भन्दा बढि आर्जन गरेको छ । बाँकी १८ वटा कम्पनीहरुले कूल प्रथम बीमा शुल्कको ६९.९५ प्रतिशत बीमा शुल्क आर्जन गरेका छन् । प्रथम बीमा शुल्कको आधारमा नेपाललाई एलआईसी नेपालले पछ्याउँदै छ । त्यस्तै नयाँ कम्पनी युनियन लाईफले पुरानो कम्पनीहरुलाई पछि पार्दै बीमा व्यवसायमा कडा चुनौति दिएको छ । उसले दुई अर्ब ८६ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको छ । युनियन लाईफले नेपाल लाईफ एलआइसी बाहेक अरुलाई उछिनेर तेस्रो कम्पनी बन्न सफल भएको छ । पुरानो कम्पनी नेशनल लाईफले दुई अर्ब ३५ करोड प्रथम बीमा शुल्क सहित युनियन लाईफलाई पछ्याउने क्रममा रहेको छ ।

प्रथम बीमा शुल्क आर्जनको विवरणः

नेपाल लाईफ                     १० अर्ब १६ करोड

एलआईसी नेपाल                ४ अर्ब १६ करोड

युनियन लाईफ                   २ अर्ब ८६ करोड

नेशनल लाईफ                  २ अर्ब ३५ करोड

एशियन लाईफ                   १ अर्ब ६० करोड

मेट लाईफ                        १ अर्ब ३० करोड

ज्योति लाईफ                    १ अर्ब २३ करोड

सिटिजन्स लाईफ                 १ अर्ब २३ करोड

प्राईम लाईफ                     १ अर्ब १९ करोड

सूर्या लाईफ                       १ अर्ब १३ करोड

रिलायबल लाईफ                १ अर्ब ७ करोड

राष्ट्रिय बीमा संस्थान            ९२ करोड

रिलायन्स लाईफ                 ९१ करोड

प्रभु लाईफ                        ८९ करोड

महालक्ष्मी लाईफ                ८० करोड

आईएमई लाईफ                 ७८ करोड

गुराँस लाईफ                     ७८ करोड

सन नेपाल लाईफ                ५७ करोड

सानिमा लाईफ                   ५५ करोड

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS