IME Life New

प्रथम त्रैमासको आधारमा नेपाल लाइफ र एलआईसी नेपाललाई दाँजेर हेर्दा कुन देखियो तगडा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स र एलआईसी नेपाल पुराना स्थापित जीवन बीमा कम्पनीहरु हुन् । दुवै कम्पनीले आर्थिक वर्ष ७९/८० को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको अवस्थामा इन्स्योरेन्स खबरले गरेको तुलानात्मक अध्ययन :

चुक्ता पूँजीको आधारमा :
नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी रु. ८ अर्ब २० करोड रहेको छ भने एलआईसी नेपालको चुक्ता पूँजी रु. २ अर्ब ६५ करोड रहेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीलाई चैत्रसम्म रु. ५ अर्ब चुक्ता पुँजी कायम गर्नु पर्छ ।

Esewa
Crest

जगेडा कोषको आधारमा :
चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार नेपाल लाइफ इन्स्योरेन्सको जगेडा कोषमा रु. १ अर्ब ९९ करोड संचित छ भने एलआईसी नेपालको जगेडा कोषमा रु. ६० करोड माथि संचित छ ।

जीवन बीमा कोषको आधारमा :
चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार नेपाल लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा रु. १ खर्ब ४२ अर्ब हुँदा एलआईसी नेपालको जीवन बीमा कोषमा रु. ९७ अर्ब ५० करोड रहेको छ । जीवन बीमा कम्पनीहरुको लागि जीवन बीमा कोषको निकै महत्व रहेको हुन्छ ।

खुद बीमा शुल्क आर्जन :
नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्ममा रु. ९ अर्ब ९३ करोड खुद बीमा शुल्क आर्जन गरेको छ त्यस्तै एलआईसी नेपालले रु. ४ अर्ब ४९ करोड खुद बीमा शुल्क आर्जन गरेको छ।

खुद नाफाको आधारमा :
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार नेपाल लाइफ इन्स्योरेन्सले रु. १७ करोड ५७ लाख खुद मुनाफा गरेकोमा एलआईसी नेपाल रु. ५९ लाख नोक्सानीमा रहेको छ। यद्यपि, जीवन बीमा कम्पनीहरुको हकमा भने एक्चुअरी मुल्यांकन हुन बाँकी भएकाले खुद नाफा एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउनेछ ।

खुद दावी भुक्तानीको आधारमा :
नेपाल लाइफ इन्स्योरेन्सले रु. ४ अर्ब ३५ करोड खुद दावी भुक्तानी गरेको छ । त्यस्तै एलआईसी नेपालले रु. १ अर्ब ९५ करोड खुद दावी भुक्तानी गरेको छ ।

भुक्तानी हुन बाँकी दावी रकमको आधारमा :
नेपाल लाइफ इन्स्योरेन्सले रु. १ अर्ब ३२ करोड दावी भुक्तानी गर्न बाँकी छ भने एलआईसी नेपालले ३७ करोड रुपैयाँ दावी भुक्तानी गर्न बाँकी छ।

प्रति शेयर आम्दानीको आधारमा :
नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक प्रति शेयर आम्दानी ८ रुपैयाँ ५६ पैसा छ भने एलआईसी नेपालको वार्षिक प्रति शेयर आम्दानी ८९ पैसा ऋणात्मक रहेको छ ।

किताबी मूल्यको आधारमा :
नेपाल लाइफ इन्स्योरेन्सको प्रति शेयर नेट्वर्थ १३४ रुपैयाँ ३९ पैसा छ भने एलआइसी नेपालको रु. १३६ रुपैयाँ ५७ पैसा रहेको छ ।

(नोट : उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

92%
happy

खुसी

2%
sad

दु :खी

2%
amazed

अचम्मित

2%
excited

उत्साहित

2%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS