IME Life New

प्रति कोठाको लागत डेढ करोड रूपैयाँ परेको मर्क्योर होटल जनवरीबाट सञ्चालनमा आउँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चक्रपथ सुकेधारामा ठडिएको पाँच तारे स्तरको होटल, मर्क्योर काठमाण्डु जनवरी महिनादेखि सञ्चालनमा आउने भएको छ। सन् २०२४ मै सेवा शुरू गर्ने भनिए पनि निर्माण कार्यमा ढिलाइका कारण पूर्व निर्धारित समय सिमाभन्दा एक वर्ष पछि २०२५ जनवरीबाट होटलले व्यवसायीकरूपमा सेवा शुरू गर्न लागेको हो।

Esewa
Crest

मेट्रोपोलिटन होटल प्रा.लि. को लगानीमा निर्मित होटलमा कुल १०४ वटा काेठा छन् । रूफ टप स्वीमिङ पुल, रूफ टप बार, भारतीय र अन्तर्राष्ट्रिय स्वादका व्यञ्जन पस्किने दिनैभर खुल्ला रहने रेष्टुरेण्ट, सभा हल र जीम खाना होटलको मुख्य आकर्षण हुन्।  इक्रा नेपालले गरेकाे क्रेडिट रेटिङका क्रममा जुन २०२२ मा याे हाेटलकाे प्रति काेठा निर्माण १ कराेड ४७ लाख ३० हजार रूपैयाँ पर्ने अनुमान गरिएकाे थियाे । हाेटलकाे निर्माण लागत १ अर्ब ५६ कराेड २० लाख रूपैयाँ अनुमान गरिएकाे थियाे । त्यसयताको क्रेडिट रेटिङ उपलब्ध छैन।

एकर समूहका अनुसार यो होटलमा एक रात बास बस्नका लागि यात्रुले कम्तीमा १४ हजार  देखि २५ हजार रूपैयाँसम्म तिर्नुपर्छ। होटलमा कोठाको आकार र उपलब्ध सुविधाको आधारमा क्लासिक, प्रिभिलेज र प्रिभिलेज सुइट रूममा वर्गिकरण गरिएका छन् । प्रत्येक कोठाको झ्यालबाट प्राकृतिक उज्यालो प्रवेश गर्ने र काठमाडाैं उपत्यकाको मनोरम दृश्यसँगै हिम श्रृंखला देखिने गरी डिजाइन गरिएका छन् ।
दुई वर्ष अघि हिल्टन वल्र्डवाइड म्यानेजमेन्ट प्रा.लि. सँग कम्तीमा दुई दशक अवधिका लागि व्यवस्थापन सम्हाल्ने सम्झौता गरेको द काठमाण्डु मेट्रोपोलिटन होटल प्रा.लि.ले चार तारे हाेटल स‌ंचालनमा नल्याउँदै अन्तर्राष्ट्रिय ब्राण्ड फेर्नुपर्ने बाध्यता भएकाे थियो। शंकर समूह अन्तर्गतको जगदम्बा हस्पिटालिटीले हिल्टन ब्राण्ड उछिट्याई दिएपछि द काठमाण्डु मेट्रोपोलिटनले फ्रान्सेली होटल चेन समूह एकरसँग साझेदारी गरेको छ। 

एकर हाेटल स‌ंजाल समूहसँग भारत मध्यपूर्व अफ्रिका र टर्कीलगायतका ११० देशमा समेत गरी ५ हजार ५०० भन्दा बढी होटल सञ्चालनमा छन्। काठमाण्डाैं मर्क्यर हाेटल नेपालकाे पहिलाे एकर हाेटल हुनेछ । यो होटलकाे एकल लगानीकर्ता एफएनसिसिआईका पर्यटन समितिका सभापति देश बन्धु(अजित) बस्नेत हुन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS