IME Life New

प्रणय दिवस लाई लक्षित एलआइसिको नयाँ बीमा योजना ‘जीवन साथि’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

प्रणय दिवस लाई लक्षित गर्दै लाईफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसि) नेपालले नयाँ बीमा योजना ‘जीवन साथी ’ बजारमा ल्याएको छ । बुधबार एक कार्यक्रमका अवसरमा कम्पनीले उक्त बीमा योजना सार्वजानिक गरेको हो ।

Esewa
Crest

यो बीमा योजना अनुसार बीमितहरूले अब आफ्नो जीवन साथीको निःशुल्क रूपमा ‘जीवन बीमा’ गराउन पाउने भएका छन् । लाइफ इन्स्योरेन्स कर्पोरेशन एलआइसि नेपालले ‘जीवन साथी बीमा योजना’ ल्याए सँगै बीमितहरूले यस्तो सुविधा पाउने भएका छन् ।

जीवन साथी बीमा योजना अनुसार कुनै पनि व्यक्तिले आफ्नो जीवन बीमा गर्दा नीजका पति वा पत्नीको निःशुल्क रूपमा बीमा हुने छ ।

यस योजनाअनुसार बीमा अवधिमा बीमितको निधन भएमा इच्छाएको व्यक्तिले बीमांक र बोनस रकम पाउनेछन् । बाँकी अवधिसम्म निजको पति/पत्नीको बीमांकको ५० प्रतिशत बराबरको निःशुल्क बीमा हुने कम्पनीले जनाएको छ ।

जीवन साथी बीमा योजना अन्तर्गत बीमा गर्दा न्यून बीमाशुल्कमा उच्च लाभ लिन सकिने कम्पनीको दाबी छ । साथै, यस बीमा योजनामा सरिक हुनेहरुले अधिकतम रू।७५ लाखसम्मको दुर्घटना लाभ बीमा पनि समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS