IME Life New

प्याज निर्यातमा लगाइएको प्रतिबन्धलाई निरन्तरता दिने भारतको निर्णय, नेपालमा कस्तो असर पर्ला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारत सरकारले प्याजको आन्तरिक उपलब्धता बढाउन र मूल्य नियन्त्रणमा राख्न प्याज निर्यातमा लगाइएको प्रतिबन्ध अर्को आदेशसम्म लम्ब्याएको छ।

भारतको वाणिज्य मन्त्रालयले एक सूचना जारी प्रतिबन्ध जारी रहने जानकारी गराएको हो। यसअघि यो वर्ष ३१ मार्चसम्म प्याज निर्यातमा प्रतिबन्ध लगाइएको थियो। ‘प्याज निर्यातमा प्रतिबन्ध अर्को आदेश नभएसम्मका लागि लम्ब्याइएको छ’, भारतको विदेशी व्यापार महानिर्देशनालय (डीजीएफटी)ले भनेको छ।

Esewa
Crest

डीजीएफटी वाणिज्य मन्त्रालयको एउटा शाखा हो। यसले वस्तुको, निर्यातलाई नियमन गर्दछ र आयातसम्बन्धी मुद्दाहरुमा निर्णय लिन्छ। भारत सरकारले ८ डिसेम्बर २०२३ मा प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो।

अन्तरमन्त्रालय समूहबाट स्वीकृति लिएर केही विशेष अवस्थामा मित्र राष्ट्रमा प्याज निकासी गर्न पाइन्छ। भारत सरकारले राष्ट्रिय सहकारी निकासी लिमिटेड (एनसीईएल) मार्फत ६४ हजार ४०० टन प्याज यूएई र बंगलादेश निर्यात गर्न अनुमति दिएको छ। यसअघि केन्द्रीय सरकारले उपभोक्तालाई राहत दिन अक्टोबर २०२३ मा खुद्रा बजारमा प्रतिकिलो भारु २५ को सहुलियत दरमा बफर प्याज स्टकको बिक्री बढाउने निर्णय गरेको थियो।

भारतमा बढ्दो प्याजको मूल्यलाई ध्यानमा राख्दै केन्द्रीय सरकारले डिसेम्बर २०२३ मा यसको निर्यातमा प्रतिबन्ध लगाएको थियो। यो प्रतिबन्धको अवधि ३१ मार्च २०२४ सम्म थियो। अब अर्को आदेश नभएसम्मका लागि प्रतिबन्धको म्याद थप गरिएको छ।

नेपालमा भारतीय प्याजको ठूलो बजार रहेको छ। नेपालमा करिब ८० प्रतिशत भारतीय प्याजको खपत हुन्छ। भारतले प्रतिबन्ध लगाएसँगै नेपालमा प्याजको मूल्य बढ्ने सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS