IME Life New

पौने १४ करोड ठगी मुद्दामा प्राइम बैंकका सञ्चालक नरेन्द्र बज्राचार्यसहित ६ जना पक्राउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौंको कलंकी ट्रेड सेन्टरको सटर भाडा दिने भनी पौने १४ करोड रुपैयाँ ठगी गरेको अभियोगमा प्राइम कमर्सियल बैंकका सञ्चालक नरेन्द्र बज्राचार्यसहित ६ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार विभिन्न स्थानबाट बज्राचार्यसहित ६ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्ने अन्यमा निरन्जनकुमार श्रेष्ठ, चिरञ्जिवी पौडेल, शान्तिरमण पंगेनी, राजु महर्जन र राजेशकृष्ण श्रेष्ठ छन्।

Esewa
Crest

डा. विमला भण्डारीसमेतको जाहेरीका आधारमा ठगी कसुर मुद्दामा ती ६ जनालाई पक्राउ गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ। काठमाडौं–२२ न्युरोड कम्प्लेक्समा रहेको कलंकी डेभलपर्स र मिला ल्याड डेभलपमेटका अध्यक्ष रहेका बज्राचार्यसमेतले जाहेरवालाहरुबाट कलंकी ट्रेड सेन्टरका व्यापारिक सटरहरुको स्वामित्व हस्तान्तरण गर्ने भनी विश्वास दिलाई १३ करोड ७३ लाख ५२ हजार २५६ रुपैयाँ ठगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। बज्राचार्य नेतृत्व समूहले ५०० जनाभन्दा बढी व्यापारबाट सटर भाडा दिने भन्दै पैसा उठाएको बताइएको छ।

ठगीमा संलग्न रहेको आरोप लागेकाहरुलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपश्चात जिल्ला प्रहरी परिसरको विशेष प्रहरी टोलीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको थियो। पक्राउ परेकाहरुलाई काठमाडौं जिल्ला अदालतबाट दिन ३ को म्याद थप अनुमति लिई अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS