IME Life New

पोलिसीएड सफलतापुर्वक पाँचौं बर्षमा प्रवेश, आगामी दिनमा अझ उत्कृष्ट सेवा दिने प्रतिबद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पोलिसीएड कम्पनी आजबाट चौथो बर्ष पुरा गरी पाँचौं बर्षमा प्रवेश गरेको छ । यस कम्पनीले आफ्नो चौथो वार्षिकोत्सव सफलतापुर्वक पुरा गरेको बताएको छ । यस सुखद अवसरमा कम्पनीले सम्पुर्ण ग्राहक बर्गहरु, पिबीसी साथिहरु साथै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सल्लाह सुझाव दिई सहयोग प्रदान गर्ने सम्पुर्ण महानुभावहरु प्रति हार्दिक आभार प्रकट गरेको छ ।

वार्षिकोत्सव कार्यक्रमको उद्घाटन कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकारी अधिकृत ईश्वर बिकास श्रेष्ठले गरेका हुन् ।

Esewa
Crest

कार्यक्रममा कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकारी ईश्वर बिकास श्रेष्ठले कम्पनीले हाल सम्म गरेको कार्यहरुको बारेमा जानकारी गराउँदै कम्पनकिा आगामी तथा भावी योजनाहरुको बारेमा प्रष्ट पारेका थिए । उनले आगामी दिनहरुमा सरल र सहज ठङगबाट बीमा पोलिसी सबैमाझ पुर्याउनुका साथै अझ उत्कृष्ट सेवा दिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बिभिन्न बीमा कम्पनीका प्रतिनीधिहरुको साथै बीमा क्षेत्रका बिज्ञहरुको उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रम काठमाडौंको जमल स्थित रहेको एल्लो पेगोडा होटलामा सम्पन्न भएको थियो ।

कम्पनीले अहिले संस्थागत अभिकर्ता अन्तर्गत रही कार्य गर्दै आईरहेको छ । कम्पनीको मुख्य उद्देस्य भनेको बीमा क्षेत्रमा रहेको विभिन्न जानकारीहरुलाई ग्राहकहरु समक्ष सहज र सरल तरिकाले पुर्याउनु हो । त्यस्तै, सानो सानो आम्दानी भएका व्यक्तिहरुलाई पनि बीमा क्षेत्रमा वा बीमाको पहुँचमा ल्याउनुको साथै, बीमा सरेन्डर रेसियोलाई पनि न्युनिकरण गर्न बिभिन्न भूमिका निर्वाह गर्दै अगाडी बड्ने मुख्य योजना रहेको छ ।

के हो पिबीसि भनेको ?
पिबीसि भनेको PolicyAd को Affiliate Program अन्तर्गतको आफुले बीमा गर्दै अरुलाई पनि नेपालमा भएका कुनै पनी बीमा कम्पनीको कुनै पनी बीमा पोलिसी सरल र सहज तरिकाले ब्यक्तिको आवश्यक्ता अनुसार जीवन बीमा साथै निर्जिवन बीमा सेवा किनबेच गर्न सकिने Program हो ।

जस अन्तर्गत नेपालको कुनैपनी स्थानमा रहेर कुनैपनी स्थानमा बसोबास गर्ने ब्यक्तिलाई Online र Offline को माध्यमबाट सेवा प्रदान गर्न सकिन्छ । आफुले मात्र नभै Team Creat गरेर Team सँगै Team सहितको प्रतिफल लिन सकिन्छ । यस्तो गर्दा आफुले र आफ्नो Team ले शेयर गरेको ब्यक्तिले PolicyAd को माध्यमबाट कुनैपनी बीमा पोलिसी कुनैपनी समय यदी खरिद गर्छ भने उक्त अवस्थामा Team सहित आफुलाई पनि प्रतिफल स्वरुप आम्दानी हुन्छ, जसले गर्दा आफ्नो समय अनुसार कार्य गर्दै वा आफ्नो Team ले कार्य गर्दा कालान्तर सम्म आफ्नो अनुपस्थितिमा पनि प्रतिफल प्राप्त गर्न सकिने यो PolicyAd को अतिनै लाभदायक योजना हो जसलाई PBC अर्थत Policyad Business Consultant भनिन्छ ।

PolicyAd कम्पनीका आधिकारिकताहरु के-के छन ?
पोलिसीएड कम्पनी रजिष्ट्रारको कार्यलयबाट २०७५ साल पौष १८ गरे बुधवारको दिन दर्ता नं : २०५८०८/०७५/०७६ मा दर्ता भाई आन्तरिक राजस्व कार्यलयबाट पान नं. ६०६५२५९०९ प्राप्त साथै नेपाल बीमा प्राधिकरणबाट मिती २०७९ साल जेष्ठ १९ गतेका दिन इजाजत पत्र नं. ३३६५१७ बाट मान्यता प्राप्त कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS