IME Life New

पेशीमा चढ्दै रोकिँदै कोरोना बीमाको बहस, सर्वोच्च अदालतमा आजको पेशी स्थगित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोना बीमा तत्काल रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको रिटमाथिको सुनुवा साढे दुई महिनादेखि अघि बढ्न सकेको छैन । २०७७ भदौं २९ गते सर्वोच्च अदालतमा दायर गरिएको रिटमा कोरोना बीमा नेपालको प्रचलित कानुन र बीमाको सिद्धान्त विपरित भएकोले रोक्न माग गर्दै अन्तरिम आदेशको माग गरिएको छ ।

२०७७ भदौं ३० गते पेशीमा चढेको मुद्दामा सोही दिन न्यायाधिश हरि प्रसाद फुयालले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेश जारी गर्ने नगर्ने सम्बन्धमा दुवै पक्षलाई बहसका लागि बोलाउने आदेश भएको थियो ।

Esewa
Crest

पहिलो पटकको अन्तरिम आदेश भएन बरु अन्तरिम आदेश जारी गर्ने नगर्ने सम्बन्धमा दुवै पक्षलाई छलफलको लागि बोलाउने आदेश भयो । असोज ८ गतेदेखि लगातार पेशीमा चढ्दै आएको मुद्दा अधिकांश समय हेर्न नभ्याइने अवस्थामा पछाडि सर्दै जाँदा साढे दुई महिना बितिसकेको छ । हालसम्म मुद्दामा सात पटक पेशीमा चढिसक्दा समेत कोरोना बीमामाथि दुवै पक्षको बहस गर्ने सुनुवाई हुन सकेको छैन ।

सो मुद्दाको सातौं पेशी आजको लागि तोकिएको थियो । तर, कोरोना बीमा सम्बन्धमा परेको रिटमाथि आज दुवै पक्षको उपस्थितमा बहस हुने कार्यक्रम स्थगित भएको छ । सर्वोच्चले सो सम्बन्धी मुद्दाको आजको पेशी स्थगित भएको जनाएको हो । सामान्यतया अन्तरिम आदेश जारी गर्ने मुद्दाको पेशी स्थगित गरिदैन । तर, सर्वोच्च अदालत प्रशासनले भने कोरोना बीमाको परेको रिटमाथि आजको सुनुवाई स्थगित गरेको अधिवक्ता तथा रिट निवेदक भाइराजा राईले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS