IME Life New

पूर्व सचिव अर्जुन कार्कीको घरमा हत्याकाण्ड, श्रीमती अचेत, कामदार मृत अवस्थामा भेटिए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

 

अपडेटः

Esewa
Crest

अचेत अवस्थामा रहेकी पूर्व सचिव अर्जुन कुमार कार्कीकी श्रीमती मुना कार्की अधिकारीको स्टार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीले नाडीमा पल्स चलेको सुनेपछि तत्कालै अस्पताल पुर्याएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

……………………………………………………………………………………………………………….

काठमाडौं । पूर्व सचिव अर्जुन कार्कीको सानेपास्थित घरमा हत्याकाण्ड मच्चिएको छ । उनकी श्रीमतीमाथि सांघातिक हमला भई अचेत अवस्थामा भेटिएकी छिन् भने घरमा काम गर्ने कामदार मृत अवस्थामा फेला परेका छन् ।

घटना रहस्यमय छ । पूर्व सचिव कार्की विहान पशुपतिको मन्दिर दर्शन गर्न गएको समयमा सो घटना भएको बताइएको छ । श्रीमतीको शरीरभरि रगत लतपतिएको छ, कामदार दाङ्का बिजय चौधरी भने मृत अवस्थामा भेटिएका हुन् ।

सानेपास्थित प्रहरी कार्यालय नजिकै रहेको कार्कीको घरमा आज विहान सो हत्याकाण्ड घटेको हो । चौधरीको शरीरमा कुनै चोट पटक नभएको जनाइएको छ । यद्यपि घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

कार्कीमाथि भुकम्पमा खरिद गरिएको त्रिपाल काण्डमा भ्रष्टाचारको आरोप समेत लागेको थियो । कार्कीले पाँच वर्षअघि झण्डै पाँच करोड रुपैयाँ खर्च गरेर सानेपामा नयाँ घर बनाएका थिए । उनले घरको मूल गेटमै सिसी क्यामेरा राख्ने गरेका थिए । पूर्व सचिव कार्कीका एक छोरा र दुई छोरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS