IME Life New

पुस १६ गते दीपावली गर्न पर्यटन मन्त्री भट्टराईको आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आगामी फागुन १६ गते साँझ देशैभरि दीपावली गर्न आह्वान गरेका छन् । नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा आयोजित पत्रकार विश्लेषण कार्यक्रममा बोल्दै पर्यटन मन्त्री भट्टराईले भने, ‘नेपाल भ्रमण वर्ष २०२० राष्ट्रिय उत्सव हो, राष्ट्रिय एकताको एउटा अभूतपूर्व अवसर हो, त्यसको सबैले स्वागत गर्न आह्वान गर्दछु । पुस १६ गते साँझ सबै सरकारी तथा सार्वजनिक कार्यालय, गैर सरकारी संस्था, निजि क्षेत्र मात्रै नभएर घर घरमा दीपावली गरेर राष्ट्रिय उत्सवको स्वागत गर्न आह्वान गर्दछु ।’ मन्त्री भट्टराईले बैंक, वित्तीय संस्था तथा बीमा क्षेत्र सबैलाई दीपावलीमा सक्रिय सहभागी हुन आह्वान गरेका छन् ।

Esewa
Crest

यही पुस १६ गते काठमाडौंको दशरथ रंगशालामा आयोजना हुन लागेको भव्य उद्घाटन समारोहबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले सन् २०२० देखि सन् २०३० सम्मलाई भ्रमणको दशक मनाउने बारेमा छलफल भइरहेको बताए । उनले नेपालको ब्राण्डिङ्मा गुणस्तरीयता कायम गरेर सरकार अघि बढिरहेको बताए ।

कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज बैद्यले नेपाललाई आध्यात्मिकता, संस्कृति, सम्पदा र नेपाली जीवनशैलीको विश्वभर प्रचार गरिने बताउँदै भ्रमण वर्ष उद्घाटनका योजनाबारे चर्चा गरे ।

नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन आगामी बुधबार साँझ पाँच वजे दशरथ रंगशालाबाट हुनेछ । उक्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने तथा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS