IME Life New

पुसमा साधारणसभा गर्न नसक्ने ३३ बीमा कम्पनीले तिर्ने भए भारी जरिवाना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सबाहेक यसपटक गत आर्थिक वर्ष २०८०।८१ को वार्षिक साधारणसभा बाँकी ३३ बीमकले गर्न नसक्ने भएका छन्।

कम्पनी ऐनअनुसार कम्तीमा २१ दिनअगावै साधारणसभाको अजेन्डासँगै सभाको मिति घोषणा गर्नुपर्ने प्रावधान छ। तर, आज पुस ११ गते भइसकेकोले बाँकी बीमकले साधारणसभा गर्न नसक्ने भएका हुन्।

Esewa
Crest

साधारणसभा गर्नुपर्नेमा सूर्यज्योति लाइफ र मेट लाइफबाहेकका १२ जीवन बीमक, ओरिएन्टल र नेसनल इन्स्योरेन्सबाहेक १२ निर्जीवन बीमक, ४ लघु निर्जीवन बीमक र ३ लघु जीवन बीमक र ३ पुनर्बीमकसहित ३३ कम्पनीले साधारणसभा गर्न बाँकी छ। बीमा कम्पनीमध्ये यसपटक सूर्यज्योति लाइफले मात्र गत आर्थिक वर्षको साधारणसभा सम्पन्न गरेर शेयरधनीलाई नगद लाभांशसमेत वितरण गरिसकेको छ।

नेपाल बीमा प्राधिकरणबाट विदेशी बीमक अमेरिकन लाइफ इन्स्योरेन्स (मेट लाइफ) ले गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन स्वीकृत गराइसकेको छ। तर, विदेशी बीमकको शाखा कार्यालय भएकाले मेट लाइफले वार्षिक साधारणसभा गर्नुपर्दैन। त्यसैगरी निर्जीवन बीमकमध्ये भारतीय बीमकको शाखा ओरिएन्टल इन्स्योरेन्स र नेसनल इन्स्योरेन्सले पनि साधारणसभा गर्नुपर्दैन।

पब्लिक कम्पनीले हरेक आर्थिक वर्ष सकिएको ६ महिना अर्थात् पुस मसान्तभित्र साधारणसभा गर्नुपर्ने कम्पनी ऐन २०६३ को दफा ६७ मा व्यवस्था छ। बीमा ऐन २०७९ को दफा ८७ को प्रावधानअनुसार बीमकले प्रत्येक आर्थिक वर्ष पूरा भएको ३ महिनाभित्र वार्षिक लेखापरीक्षण गरिसक्नुपर्छ। यो समयमा नसकिए प्राधिकरणले २ महिना थपिदिन सक्छ। यसरी बीमा ऐनले जम्मा ५ महिना अर्थात् मंसिर मसान्तसम्मको समयसीमामात्र दिएको छ।

तोकिएको समयसीमाभित्र साधारणसभा नगर्ने पब्लिक कम्पनीले कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, आन्तरिक राजश्व कार्यालय र नेपाल बीमा प्राधिकरणमा जरिवाना तिर्नुपर्छ। बीमा ऐन, २०७९ को दफा १३८ मा तोकिएको समयमा प्रतिवेदन पेस नगरेमा म्याद नाघेको १ हप्तापछि दैनिक २५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने प्रावधान छ।

जीवन बीमकमध्ये अधिकांशको बीमांकी प्रतिवेदन तयार हुन बाँकी छ। प्राधिकरणमा केही जीवन बीमकको बीमांकी प्रतिवेदन स्वीकृतिका लागि पेस गरिए पनि स्वीकृत हुन बाँकी छ। जीवन बीमकको तुलनामा वित्तीय विवरण तयार पार्न थोरै समय लाग्ने निर्जीवन बीमकले समेत यसपटक पुस मसान्तको समयसीमाभित्र साधारणसभा नगर्ने भएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

22%
sad

दु :खी

11%
amazed

अचम्मित

22%
excited

उत्साहित

44%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS