IME Life New

पुराना ३८ ब्रोकरलाई ‘क्यापिटल प्लान’ पेस गर्न सेबोनको निर्देशन, छिट्टै मर्जर निर्देशिका ल्याइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तोकिएको न्यूनतम चुक्तापुँजी पुर्याउने क्यापिटल प्लान पेस गर्न पुराना ब्रोकरहरुलाई निर्देशन दिएको छ।

धितोपत्र बोर्डले केही दिनपहिले पत्र पठाउँदै पुराना ब्रोकरहरुलाई क्यापिटल प्लान पेस गर्न निर्देशन दिएको हो। ‘पुसभित्रै क्यापिटल प्लान पेस गर्न ३८ वटा पुराना ब्रोकरहरुलाई निर्देशन दिइएको छ, केही ब्रोकरले पेस गरिसकेका छन् भने केहीको आउन बाँकी छ’, धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले भने।

Esewa
Crest

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावलीमा गरिएको चौथो संशोधनमार्फत सीमित कार्य गर्ने ब्रोकरको न्यूनतम चुक्तापुँजी २० करोड रुपैयाँ र पूर्ण कार्य गर्ने ब्रोकरको ६० करोड रुपैयाँ तोकिएको छ।

धितोपत्र बोर्डले २ वर्षअघि नियमावलीमा संशोधन गर्दै ब्रोकर न्यूनतम चुक्तापुँजी निर्धारण गरेको थियो। हाल ९० वटा ब्रोकर सञ्चालनमा छन्। तीमध्ये ४० वटा ब्रोकर संशोधित नियमावली आएपछि सञ्चालनमा आएकाले तोकिएको चुक्तापुँजी कायम गरेका छन्।

पहिले नै सञ्चालनमा रहेका ५० वटा ब्रोकरमध्ये अधिकांशलाई न्यूनतम चुक्तापुँजी २० करोड रुपैयाँ पुर्याउन धौधौ पर्ने देखिएको छ। पहिलेको नियमावलीमा ब्रोकरको न्यूनतम चुक्तापुँजी २ करोड रुपैयाँ रहेको छ।

न्यूनतम चुक्तापुँजी कायम गर्न पुराना ब्रोकरहरुलाई २०८२ असार मसान्तसम्मको समयसीमा दिइएको छ। त्यो बेलासम्म न्यूनतम चुक्तापुँजी २० करोड रुपैयाँ कायम गर्न नसक्ने ब्रोकरलाई मर्जरमा जान सक्ने व्यवस्था संशोधन नियमावलीमा रहेको छ। तर, ब्रोकरबीचको मर्जरकै लागि भने छुट्टै निर्देशिका भने धितोपत्र बोर्डले बनाएको छैन।

प्रवक्ता घिमिरेले अहिले ब्रोकरको मर्जरका लागि छुट्टै निर्देशिका बनाउने काम भइरहेको बताए। ‘संशोधित नियमावली न्यूनतम चुक्तापुँजी पुर्याउन नसक्ने ब्रोकरबीच मर्जरको बाटो खोलिएको मात्रै छ तर मर्जर र प्राप्तिसम्बन्धी छुट्टै प्रावधान छैन’, उनले भने, ‘अहिले धितोपत्र बोर्डमा ब्रोकरको मर्जरसम्बन्धी छुट्टै निर्देशिका बनाउने काम भइरहेको छ। अब छिट्टै त्यो निर्देशिका तयार हुनेछ।’

पुराना केही ब्रोकरको न्यूनतम चुक्तापुँजी पुर्याउन सक्ने अवस्थामा छन्। पुर्याउन नसक्ने मर्जरको बाटो रोज्नुको विकल्प छैन। संशोधित नियमावलीमा दिइएको समयसीमाभित्र न्यूनतम चुक्तापुँजी पुर्याउन नसक्ने ब्रोकरले समयावधि सकिनुभन्दा ६ महिनाअगावै प्राप्ति वा गाभिन धितोपत्र बोर्डमा निवेदन दिनुपर्ने प्रावधान रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS