IME Life New

पुराना बीमालेखमा ‘नयाँ जीवन बीमालेख सम्बन्धी निर्देशिका’ अनुसारको सरेण्डर समय लागु नहुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पुराना जीवन बीमालेखमा ‘नयाँ जीवन बीमालेख सम्बन्धी निर्देशिका’ अनुसारको समर्पण नियम लागु नहुने समितिले जनाएको छ । जीवन बीमा पोलिसी एउटा करार हो । यसमा बीमा कम्पनी र बीतित विचमा संझौता भएको हुन्छ ।

कानून भूत वा भविष्यका लागि होइन, वर्तमान समयकालागि बनेको हुन्छ र बनाइनु पर्छ । अपवादात्मक अवस्थामा बाहेक पश्चादर्शी असरको कानून बनाइँदैन । यो कानूनको सर्वमान्य सिद्धान्त पनि हो । यद्यपि सुविधा दिने दिलाउने प्रकृतिको कानून पश्चदर्शी असरको भएपनि मान्य हुने अभ्यास छ ।

Esewa
Crest

यहि सिद्धान्त अनुसार हिजोका दिनमा जारी भएका निर्देशनअनुसार बिक्री भएका पोलिसीलाई अहिले बनेका कानुनले नियन्त्रण गर्न खोज्दा समस्या हुने भन्दै पुराना पोलिसीमा सोहि अनुसारको नियम लागु हुने समितले जनाएको छ । यो निर्देशिका जारी हुनु भन्दा अगाडि कम्तिमा पनि दुई वर्ष पुरा भए पछि मात्रै समर्पण गर्न पाउने व्यवस्था थियो । त्यस्तै चैत महिनामा समितिले एकल बीमा पोलिसीमा देखिएको विकृतिलाई कम गर्न तीन वर्षसम्म सरेण्डर गर्न नपाउने व्यवस्था गरिदिएको थियो ।

तर अहिले आएको निर्देशिकामा भने सबै किसिमका पोलिसीमा तीन वर्षसम्म सरेण्डर गर्न नपाउने तथा कर्जा पनि लिन नपाउने व्यवस्था गरिदिएको छ । यसैले गर्दा कतिपय बीमित तथा अभिकर्ताहरु पुराना पोलिसीमा पनि यहि नियम लागु हुने हो वा होइन भनेर कन्फ्युजनमा थिए ।

समितिले यो निर्देशिका असार २४ गतेदेखि लागु गरेको हुँदा असार २३ गतेसम्म जारी भएका पोलिसीमा दुई वर्षको सरेण्डर समय लागु हुनेछ । त्यस्तै एक बीमा पोलिसीको हकमा भने गत चैतदेखिनै यो नियम लागु भैसकेको छ । समितिले चैत २४ गते एक बीमा पोलिसी जारी भएको तीन वर्षसम्म सरेण्डर नगर्न र कर्जा प्रवाह नगर्न भन्दै सम्पुर्ण कम्पनीहरुलाई निर्देशन दिएको थियो । यो निर्देशनलाई निर्देशिकामा पनि निरन्तरता दिइएको छ ।

सरेण्डर गर्न पाउनु बीमितको हक हो । यदि बीमितलाई आफुले खरिद गरेको पोलिसीलाई निरन्तरता दिन मन लागेन वा सकेन भने सरेण्डर गर्न पाउछ । यहि नियम अनुसार कम्पनीहरुले हरेक पोलिसीमा सरेण्डर अवधि सहितको सुविधा प्रदान गरेका हुन्छन् । तर नेपालमा अभिकर्ता र ब्रान्च म्यानेजरहरुले यहि व्यवस्थालाई टेकेर आफ्नो टार्गेट पुरा गर्ने अस्त्र बनाएका छन् । टार्गेट पुरा गर्न पोलिसी जारी गर्ने र केहि समय पछि उक्त पोलिसी समर्पण गराएर बाहिरिदा कम्पनीलाई चरम घाटा हुन्छ । सहि मनासयका आधारमा बीमितले पाउने सुविधालाई टेकेर गलत अभ्यास हुन थाले पछि समितिले पटक पटक सरेण्डर अवधि बढाइरहेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS