IME Life New

पुनः श्रम स्वीकृति लिँदा म्यादी जीवन बीमा अनिवार्य, बीमाको व्यापार बढ्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीबाट स्वदेश फर्की सोही काममा पुन विदेश जाने कामदारका लागि म्यादी जीवन बीमा अनिवार्य गरेको छ । श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार नियमावलीलाई पाचौँ पटक संसोधन गर्दै पुनः श्रम स्वीकृति लिँदा म्यादी जीवन बीमा अनिवार्य गरेको हो । पुनः श्रम स्वीकृति दिँदा म्यादी जीवन बीमा अनिवार्य गरेपछि बीमाको कारोबारमा बृद्धि हुने भएको छ ।

Esewa
Crest

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार नियमावली २०६४ को दफा १७ को उपदफा (ग) मा संसोधनमार्फत थप गरि पुनः श्रम स्वीकृत लिदाँ करार अवधिभरको लागि म्यादी जीवन बीमा अनिवार्य गरेको छ । हाल पुल मार्फत सबै बीमा कम्पनीहरुलाई भागबण्डा गरी हुँदै आएको म्यादी जीवन बीमा पुनः श्रम स्वीकृति लिने प्रयोजनको लागि समेत विस्तार भएपछि म्यादी जीवन बीमाको व्यापार वृद्धि हुने छ ।

ऐन संशोधनको प्रस्ताव भदौं १ गतेको राजपत्रमा प्रकाशित गरिएको छ । यसअघि विदेश जाँदा मात्रै म्यादी जीवन बीमा गरेर पठाउने चलन थियो । सोही भिषामा पुनः विदेश जाँदा म्यादी जीवन बीमा बीना नै श्रम स्वीकृति दिँदै आएको थियो । अब नयाँ व्यवस्थापछि म्यादी जीवन बीमाको कारोबार ८० प्रतिशतसम्म बृद्धि हुनसक्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS