IME Life New

पूँजी वृद्धिमा आक्रामक बन्दै मुक्तिनाथ विकास बैंक, कस्तो थियो लाभांशको इतिहास ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरका विकास बैंकलाई २ अर्ब ५० करोड अर्ब पूँजीको लक्ष्य दिएपनि मुक्तिनाथ विकास बैंकले  आफुलाई २ अर्ब ५० करोड पूँजीमै रोक्न मानेन। बैंकले बृद्धि गरी आफु अब्बल विकास बैंकको रुपमा स्थापित हुन खोजेको देखिन्छ। बैंकले प्रत्येक वर्ष लाभांशमा बोनस शेयरलाई नै प्राथमिकतामा राख्दै र बिच-बिचमा हकप्रद शेयरको सहायताले  पूँजी वृद्धि गर्दै आएको छ।

केही स्थापित विकास बैंकहरु वाणिज्य बैंकमा गाभिन तयार हुँदै गर्द मुक्तिनाथ विकास बैंक भने दिन प्रतिदिन पुँजी वृद्धि गरी ठुलो  विकास बैंकको रुपमा टिक्ने र आफ्नो नाम मेट्न नदिने दाउमा रहेको प्रस्ट देख्न सकिन्छ।

Esewa
Crest

बैंकले केही समय अघि मात्र आर्थिक वर्ष ७५/७६ को लाभांश प्रस्ताव गरेको छ।  बैंकले नेप्सेलाई दिएको पत्र अनुसार कम्पनीले १७ दशमलव ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनक लागि ० दशमलव ९३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात मात्र  लगानीकर्ताले प्राप्त गर्ने छन्।

आर्थिक वर्ष ७०/७१ देखि आर्थिक वर्ष ७४/७५ को लाभांशको इतिहास हेर्दा कम्पनीले कर प्रयोजनार्थ मात्र नगद लाभांश प्रस्ताव गरेको देखिन्छ।  बोनस शेयरले मात्र पूँजी वृद्धि नगरेर कम्पनीले ५ वर्षको अवधिमा ३ पटक हकप्रद शयर पनि बिक्री गरेको थियो।  कम्पनीले आर्थिक वर्ष ७१/७२ मा ५० प्रतिशत हकप्रद, आर्थिक वर्ष ७२/७३ मा ४० प्रतिशत हकप्रद  र अहिले केही दिन अघि मात्र कम्पनीले २० प्रतिशत हकप्रद शेयरका लागि आवेदन दिने समय बन्द गरेको थियो।

कम्पनीको विगत ५ वर्षको लाभांश :

प्रस्तावित लाभांश पछि पूँजी ४ अर्ब कट्ने ?
केही समय अघि मात्र बन्द भएको २० प्रतिशत हकप्रद शेयर अघि कम्पनीको पूँजी ३ अर्ब ६ करोड थियो।  २० प्रतिशत हकप्रद शेयरलाई पूँजीमा समायोजन गर्दा कम्पनीको पूँजी ३ अर्ब ६७ करोड हुने छ भने प्रस्तावित १७ दशमलव ६ प्रतिशत बोनस शेयरलाई पूँजीमा समायोजन गरे पश्चात कम्पनीको पूँजी ४ अर्ब ३२ करोड पुग्ने छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS