IME Life New

पुँजी वृद्धिको दबाबमा हकङकङका बीमक, ल्याइयो नयाँ नियम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हङकङका बीमकहरुमा हालै लागू गरिएको नयाँ नियम पुँजी वृद्धिको दबाब पर्ने देखिएको छ। नयाँ नियमको मुख्य उद्देश्य बीमकको सुशासन र जोखिम व्यवस्थापनको ढाँचालाई सुदृढ पार्ने रहेको हङकङ बीमा नियामकले जनाएको छ।

यो नयाँ नियमले स्थानीय अभ्यासलाई अन्तर्राष्ट्रिय बीमा मापदण्डहरुसँग पंक्तिबद्ध गर्ने र नियामक निरीक्षणलाई बढाउने अपेक्षा गरिएको छ। ‘परिष्कृत नियामक ढाँचाले हङकङका बीमकहरुको सुशासन र जोखिम मूल्यांकनलाई क्रमशः बलियो बनाउन सक्छ’, एस एन्ड पी ग्लोबल रेटिङ क्रेडिट विश्लेषक जुडी चेनले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘तर त्यस्ता परिवर्तन मूल्य ट्याग बिना आउँदैनन्। बढ्दो लागतको अतिरिक्त केही बीमकले उनीहरुको नियामकीय पुँजीको पूरक बनाउन आवश्यक हुन सक्छ।’

Esewa
Crest

नयाँ नियमअन्तर्गत सुशासनका ३ स्तम्भ निर्धारण गरिएका छन्। पहिलो स्तम्भअन्तर्गत मात्रात्मक आवश्यकता, दोस्रो स्तम्भअन्तर्गत गुणात्मक वृद्धि र तेस्रो स्तम्भन्तर्गत बढ्दो दायित्व खुलासा गर्नु रहेका छन्। यी परिवर्तन बीमकको जोखिमको अवस्था अझ सटिक रुपमा प्रतिबिम्बित गर्न र थप बलियो समाधान गर्ने संयन्त्र सुनिश्चित गर्न डिजाइन गरिएका छन्। ‘हामी विश्वास गर्छौं कि नयाँ व्यवस्थाले बीमकको जोखिम अवस्थालाई अझ राम्रोसँग प्रतिबिम्बित गर्नेछ, विशेषगरी लगानी जोखिमको सन्दर्भमा’, चेनले भने, ‘यस्तो जोखिम संवेदनशील समाधान संयन्त्रले लगानी र उत्पादन रणनीतिमा अद्यावधिक ल्याउन सक्छ, किनकि बीमकले थप पुजी उपयोग गर्न सहज हुनेछ।’

नयाँ पुँजी नियम आईएफआरएस–१७ रिपोर्टिङ मानकलाई अपनाएर बीमकको व्यवसाय सञ्चालनको स्पष्ट आर्थिक चित्र प्रदान गर्न तयार गरिएको चेनले बताए। ‘तिनीहरुले ब्याजदर जोखिम र लगानी बजार अस्थिरताको नजिकबाट निगरानी आवश्यक हुनेछ’, चेनले भने, ‘यसले बीमकहरुको पुँजीकरण रणनीति र उत्पादन प्रस्तावहरुलाई प्रभाव पार्छ।’

बढेको पुँजी आवश्यकताको प्रतिक्रियामा बीमाकहरुले आफ्नो दायित्व लागत र लगानी जोखिमहरु व्यवस्थापन गर्न परिचालन गर्न सक्नेछन्। यद्यपि, उच्च ब्याजदर र पुँजीबजारको उतारचढावजस्ता निरन्तरका चुनौतीले बीमकको वित्तीय स्थिति असर गर्न सक्छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS