IME Life New

पुँजि बजारमा हलचल मच्चाउँदै बीमा कम्पनी, निर्जिवन ६.७२% र जीवन बीमा ५.२२% को बृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । केही समयदेखि पुँजि बजारको निर्णायक भूमिका खेल्दै आएका बीमा कम्पनीहरुले आइतबार पनि हलचल मच्चाएका छन् । आइतबार बीमा कम्पनीहरु मध्ये निर्जिवन बीमा कम्पनीले ६.७२ प्रतिशतको बृद्धि गरेका छन् भने जीवन बीमा कम्पनीहरुले ५.२२ प्रतिशतको बृद्धि भएको छ ।

निर्जिवन कम्पनी एनएलजी इन्स्योरेन्सको ९.५६ प्रतिशतको बृद्धि भएको छ भने राष्ट्रिय बीमा संस्थानको ९.१० प्रतिशत बृद्धि भएको छ । त्यस्तै राष्ट्रिय बीमा कम्पनीको ८.८१ शिखर इन्स्योरेन्सको ७.७१ प्रतिशत, सथरमाथा इन्स्योरेन्सको ७.४३ प्रतिशत, प्रभु इन्स्योरेन्सको ६.६९ प्रतिशतले बढेको छ । त्यस्तै एलआईसी नेपाल, एशियन लाईफ, नेशनल लाईफ, आईएमई जनरल इन्स्योरेन्स, सूर्या लाईफ, प्रिमियर इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, नेपला लाईफ इन्स्योरेन्स लगायतका अधिकांश बीमा कम्पनीहरुको शेयर मुल्य तीन प्रतिशतभन्दा माथि नै पुगेको छ ।

Esewa
Crest

मुनाफा नदिने निर्णय गरेको सिद्धार्थ इन्स्योरेन्सको मूल्य समेत ५.९६ प्रतिशलते बृद्धि भएको छ । सो कम्पनीले गत आर्थिक वर्ष आर्जन गरेको २४ करोड भन्दा बढि मुनाफा वितरण गर्न नसक्ने निर्णय गरिसकेको छ ।

आइतबार नविल इक्वीटी फण्डको मूल्य सबैभन्दा धेरै गिरावट आएको छ । नविल इक्वीटी फण्डको मूल्य ६.६७ प्रतिशतले घटेको छ भने सोही फण्डको सेरिज १ को ३.१ प्रतिशलते गिरावट आएकोछ । त्यस्तै, सेन्ट्रल फाइनान्स, जानकी फाइनान्स, मल्टिपर्पोज फाइनान्स, ग्रिन डेभलपमेन्ट बैंक लगायतका कम्पनीहरुको शेयर मुल्य घटेको छ । यसअघि लगातार घट्ने क्रममा रहेको हाइड्रो पावर कम्पनीहरुको शेयर समेत आइतबार केही बढेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS