IME Life New

पीओएसबाट भुक्तानी नहुँदा पनि बैंक खाताबाट पैसा काटिएमा कसरी हुन्छ हिसाब मिलान ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय नेपालमा डिजिटल कारोबार निकै फड्को मारेको छ। धेरैजसोले अहिले नगदरसहित कारोबार गर्न थालेका छन्। डिजिटल कारोबार सुरक्षित र भरपर्दो हुँदाहुँदै पनि कहिलेकाहीँ प्राविधिक समस्या आउन सक्छन्।

नेपाल राष्ट्र बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न विभिन्न खाले नीगिगत व्यवस्था गरेको छ। ग्राहक वा सेवाग्राहीलाई सहज र सरल ढंगले डिजिटल सेवा उपलब्ध गराउन थुप्रै नियामकीय व्यवस्था परिवर्तन गरिएका छन्।

Esewa
Crest

यस्तै एउटा डिजिटल सेवा हो, प्वइन्ट अफ सेल डिभाइस (पीओएस) मेसिन। वस्तु तथा सेवा खरिद गर्दा कार्ड प्रयोग गरी पीओएस मेसिनबाट भुक्तानी गर्दा कुनै प्राविधिक समस्याको कारणले भुक्तानी नहुँदा पनि कहिलेकाहीँ ग्राहकको बैंक खाताबाट पैसा घट्न सक्छ। यस्तो अवस्थामा रकम फिर्ता गर्नका लागि ग्राहकले खबर गरेमा वा नगरेमा राष्ट्र बैंकले तोकेको अवधिभित्र ग्राहकको बैंक खातामा रकमको हिसाब मिलाउनुपर्ने व्यवस्था रहेको छ।

यस्ता छन् व्यवस्था

  • कार्ड जारी गर्ने संस्था र कार्ड प्रयोग भएको पीओएस मेसिन एउटै संस्थाको भएमा कारोबार भएपछिको एक दिन (टी प्लस १) भित्र।
  • कार्ड जारी गर्ने संस्था र कार्ड प्रयोग भएको पीओएस मेसिन फरक संस्थाको भई दुवै नेपाली संस्था भएमा कारोबार भएपछिको तीन दिन (टी प्लस ३) भित्र।
  • कार्ड जारी गर्ने संस्था र कार्ड प्रयोग भएको पीओएस मेसिन फरक संस्थाको भई कुनै एक विदेशी संस्था भएमा कारोबार भएपछिको ३० दिन (टी प्लस ३०) भित्र।

उपर्युक्त समयसीमाभित्र हिसाब मिलाउने दायित्व उपकरण जारी गर्ने र प्रयोग हुने दुवै संस्थाको हुन्छ। यससम्बन्धी थप जानकारी आवश्यक भएमा सम्बन्धित संस्थामा सम्पर्क गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS