IME Life New

पावर ट्रान्समिसनको साधारण सभा मंसिर १७ गते, यस्ता छन् प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पावर ट्रान्समिसन कम्पनी नेपाल लिमिटेडको १३औं वार्षिक साधारण सभा मंसिर १७ गते हुने भएको छ । कम्पनीको कात्तिक ८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभा कम्पनीको कार्यालय ने.वि.प्रा. को सभाहल, दरवारमार्ग, काठमाडौंमा दिउँसो ३ बजे शुरु हुने कम्पनीले जनाएको छ ।

Esewa
Crest

सभाले सञ्चालक समितिबाट सिफारिस भए बमोजिम आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई १८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने , हिसाब, नाफा नोक्सान, नगद लगायतका वित्तीय सूचकहरुमाथि छलफल गरी पारित गर्नेछ ।

त्यसैगरी सभामा २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित हुनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS