IME Life New

पाँच वर्षभित्र बीमामा पहुँच दाेब्बर बनाउने लक्ष्य भेट्टाउन भारतीय बीमकले वार्षिक ८ खर्ब पूँजी थप्नुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै । भारतीय बीमा नियामकका अध्यक्ष देवासिस पाण्डाले बीमामा सर्वसाधारणकाे पहुँच वृद्धिकाे पञ्चवर्षिय लक्ष्य पुरा गर्नका लागी हरेक वर्ष कम्तीमा ५ खर्ब भारु ८ खर्ब नेपाली रुपैयाँ थप पूँजीकाे आवश्यक्ता पर्ने औंल्याएका छन् ।

उनले गत साता भारतमा आयाेजित एक कार्यक्रमलाई सम्बाेधनकाे क्रममा हालको कुल गार्हस्थ्य उत्पादन वृद्धि, मुद्रास्फीति र बीमामा पहुँचको विश्लेषणका आधारमा यो आँकडा तय गरिएकाे जानकारी दिए । भारतीय बीमा नियामकले पाँच वर्षभित्र बीमाकाे पहुँच दाेब्बर बनाउने लक्ष्य लिएकाे छ। भारतमा ३१ मार्च २०२१ सम्ममा बीमाको समग्र प्रवेश दर ४.३ प्रतिशत थियो।

Esewa
Crest

भारतीय उद्याेग परिसंघले आयाेजना गरेकाे कार्यक्रमा सहभागीहरुलाई सम्बाेधन गर्दै उनले जीवन बीमा कम्पनीकाे पूँजी लगानीमा प्रतिफल दर १४ प्रतिशत र निर्जीवन बीमा कम्पनीकाे प्रतिफल दर १६ प्रतिशत रहेकाे जानकारी दिए । उनले बीमाकाे पहुँच बिस्तारका लागी थप पूँजी लगानी गर्न तथा बीमा व्यवसायमा पूँजीसहित प्रवेश गर्न समेत निजीक्षेत्रसँग आग्रह गरेका छन् ।

यसैबीच मलेसियाली वित्तीय पर्यवेक्षण आयोगले जीवन बीमा कम्पनीहरुले सन् २०२२ मा कुल १.९४ अर्ब अमेरिकी डलर नगदमा पूँजी वृद्धि गरेकाे जानकारी सार्वजनिक गरेकाे छ। याे तीन वर्षयताकै उच्च पूँजी वृद्धि हाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS