IME Life New

पाँच वटा जलविद्युत आयाेजनाका लागी रु. १ खर्ब ४६ अर्बकाे लगानी प्रस्ताव स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पाँच ठूला जलविद्युत परियाेजनामा विदेशी लगानी सहित लगानी बाेर्डले १ खर्ब ६७ अर्ब ५९ कराेड रुपैयाँ बराबरकाे लगानी प्रस्ताव स्वीकृत गरेकाे छ। बाेर्डकाे बिहीबार सम्पन्न बैठकले जलविद्युत आयाेजनामा १ खर्ब ४६ अर्ब २२ कराेड रुपैयाँ वैदेशिक लगानी स्वीकृत गर्ने निर्णय गरेकाे हाे ।

यसै गरी जलविद्युत परियाेजनाकै लागी २१ अर्ब ३७ करोड रुपैयाँ स्वदेशी लगानी समेत स्वीकृत गरिएकाे बाेर्डले प्रेस विज्ञप्तीमार्फत् जानकारी दिएकाे छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतमा बसेको बोर्डको ५३ औं बैठकले स्वीकृत गरेकाे लगानीमा अरुण जलविद्युत परियोजनाका लागि ९२ अर्ब ६८ करोड रुपैयाँ लगानीकाे प्रस्ताव परेकाे छ ।

Esewa
Crest

बैठकले १०२ मेगावाटको माथिल्लो मर्स्याङ्दी १ परियोजनाका लागी ३३ अर्ब १९ करोड रुपैयाँ, ७० मेगावाटको दूधकोशी-२ जलविद्युत परियोजनाको लागि २० अर्ब ३५ करोड रुपैयाँ, ७०.३ मेगावाटको सेम्बुवा खोला जलविद्युत परियोजनाको लागि १३ अर्ब ४४ कराेड रुपैयाँ र ४३ मेगावाटको अपर मादी खोला जलविद्युत आयोजनाको ७ अर्ब ९३ करोड रुपैयाँ लगानी स्वीकृत गरेको हो ।

उपरोक्त आयोजनाहरूमध्ये तल्लो अरुण, दूधकोशी–२ (जलेश्वर) र ८४१ मेगावाटको कुल मूल्याङ्कन क्षमताका तीन जलविद्युत आयोजनाका लागि १ खर्ब ४६ अर्ब २० कराेड रुपैयाँको प्रत्यक्ष विदेशी लगानी आईबीएनको कार्यक्षेत्रमा रहनेछ ।

बोर्डले जर्मन कम्पनीले मल कारखाना स्थापना सम्बन्धमा अध्ययन अनुमतिका लागि पेश गरेको प्रस्ताव अनुसार विकासकर्तासँग समझदारी पत्र  तयार पार्ने र भारतीय बहुर्राष्ट्रिय कम्पनी डाबर नेपाल बारा लिपनीमालस्थित उद्याेगकाे पूँजी तथा क्षमता वृद्धिका लागी कार्यान्वयन सम्झौतापत्र पनि स्वीकृत गरेको छ । यसैगरी रासायनिक मल कारखाना स्थापना गर्ने बारे मलेसियाली कम्पनीले पेश गरेको प्रस्तावलाई समेत स्वीकृत प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS