IME Life New

पाँच महिनामा १९ कम्पनीले संकलन गरे झण्डै १५ अर्ब प्रथम बीमाशुल्क

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको मंसिर मसान्तसम्ममा झण्डै १५ अर्ब रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिका अनुसार चालु आवको पाँच महिनाको अधवीमा १९ वटा कम्पनीहरुले कूल १४ अर्ब ८५ करोड रुपैयाँभन्दा बढि प्रथम बीमा शुल्क आर्जन गरेका हुन् ।

बीमा समितिको तथ्याङ्क अनुसार नेपालमा दर्ता भएका १८ वटा र एक वटा विदेशी कम्पनीको नेपालस्थित शाखा कार्यालय समेत गरी कूल १९ जीवन बीमा कम्पनीहरु मध्ये नेपाल लाईफ इन्स्योरेन्स कम्पनी सबैभन्दा अगाडि छ ।

Esewa
Crest
Source : Beema Samiti

मंसिर मसान्तसम्ममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले तीन अर्ब ६२ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ । दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोशन (नेपाल) रहेको छ । कम्पनीले यस अवधिसम्ममा एक अर्ब ४६ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, प्रथम बीमा शुल्को आधारमा तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले मंसिर मसान्तसम्ममा एक अर्ब ४२ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, यूनियन लाइफले १ अर्ब २६ करोड रुपैयाँ, एशियन लाइफले ७४ करोड रुपेयाँ, रिलायबल लाइफले ६९ करोड रुपैयाँ, सूर्या लाइफले ६१ करोड रुपैयाँ, प्राइम लाइफले ५७ करोड रुपैयाँ, ज्योति लाइफले ५४ करोड रुपैयाँ सिटिजन लाइफले ५३ करोड रुपैयाँ र मेट लाइफले ५१ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

समितिको तथ्याङ्क अनुसार राष्ट्रिय बीमा संस्थान, गुराँस लाइफ र आइएमई लाइफले समान ४४ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । त्यस्तै, सानिमा लाइफले ४२ करोड रुपैयाँ, सन नेपाल लाइफले ३४ करोड रुपैयाँ, रिलायन्स लाइफले ३२ करोड रुपैयाँ, प्रभु लाइफले २५ करोड रुपैयाँ र महालक्ष्मी लाइफले २५ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS