IME Life New

पाँच महिनामा जीवन बीमा कम्पनीहरुले संकलन गरे झण्डै ५० अर्ब बीमाशुल्क, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्ष २०७७।७८ को पाँच महिनामा झण्डै ५० अर्ब कूल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।बीमा समितिको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले मंसिर मसान्तसम्ममा झण्डै ५० अर्ब अर्थात ४९ अर्ब २९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

Source : Beema Samiti

समितिको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको मंसिर मसान्तसम्ममा सबैभन्दा धेरै बीमाशुल्क नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गरेको छ । कम्पनीले मंसिर मसान्तसम्ममा १४ अर्ब १२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको हो ।

Esewa
Crest

त्यस्तै, दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोशन (एलआईसी) नेपाल रहेको छ । कम्पनीले मंसिर मसान्तसम्ममा ७ अर्ब १२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । तेस्रोमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान रहेको छ । कम्पनीले मंसिर मसान्तसम्मा ५ अर्ब ५३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सले ४ अर्ब ४६ करोड रुपैयाँ, यूनियन लाइफले २ अर्ब ४७ करोड रुपैयाँ, एशियन लाइफले २ अर्ब ३० करोड रुपैयाँ, मेट लाइफले २ अर्ब १ करोड रुपैयाँ, प्राइम लाइफले १ अर्ब ६६ करोड रुपैयाँ, सूर्या लाइफले १ अर्ब ५५ करोड रुपैयाँ, गुराँस लाइफले १ अर्ब ४० करोड रुपैयाँ र सिटिजन लाइफले १ अर्ब ८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ९८ करोड रुपैयाँ, ज्योति लाइफले ९३ करोड रुपैयाँ, आइएमई लाइफले ८८ करोड रुपैयाँ, सन नेपाल लाइफले ७३ करोड रुपैयाँ, सानिमा लाइफले ६७ करोड रुपैयाँ, रिलायन्स लाइफले ६१ करोड रुपैयाँ, प्रभु लाइफले ४४ करोड रुपैयाँ र महालक्ष्मी लाइफले ३५ करोड रुपैयाँ, बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS