IME Life New

पाँच जीवन बीमा कम्पनीले घोषणा गरे नयाँ बोनसदर, कुन कम्पनीका बीमितले कति पाउँछन् बोनस ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०६७/७७ को लागि पाँच जीवन बीमा कम्पनीहरुले नयाँ बोनसदर घोषणा गरेका छन् । बीमा समितिले एकै पटक प्राइफ लाइफ इन्स्योरेन्स कम्पनी, रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी, मेट लाइफ इन्स्योरेन्स कम्पनी र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको एक्चुअरी भ्यालुएसन स्वीकृत गरेसँगै यी कम्पनीहरुले नयाँ बोनसदर घोषणा गरेका हुन् ।

अझै १४ बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७६/७७ कै एक्चुरियल भ्यालुएसको स्विकृत पाउन बाँकी छ । अधिकांश बीमा कम्पनीहरुको एक्चुरियल भ्यालुएस स्वीकृतिको प्रक्रियामा अगाडी बढाएको बीमा कम्पनीले जनाएको छ । हरेक वर्षकम्पनीकोएक्चुरियल भ्यालुएसपछि घोषणा गरेको बोनसदरले सोहि वर्षमा बीमितले भुक्तानी गरेको प्रिमियमका आधारमा बोनस पाउँछन् ।

Esewa
Crest

कम्पनीहरुको आर्थिक वर्ष २०७६/२०७७ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बिमाङ्कीय प्रतिवेदन बीमा समितिबाट पारित भएसँगै कम्पनीहरुले जारी गरेका विभिन्न किसिमका बीमा योजनाहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेका हुन् ।

कुन कम्पनीको बोनसदर कति ?
१.ज्योति लाइफले आर्थिक वर्ष २०७६/७७को लागि आफ्ना बीमितहरुलाई प्रतिहजार न्युनतम रुपैयाँ ४३ देखि ७५ रुपैयाँसम्म बोनस दिने भएको छ । कम्पनीले सावधिक जीवन बीमालेखमा ९ वर्ष सम्म अवधिको लागि ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि ४५ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको अवधिका लागि ७५ रुपैयाँ बोनसदर कायम गरेको छ ।

सावधिक तथा आजीवन बीमालेखका लागि ९ वर्ष सम्म अवधिको लागि ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ४५ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको सावधिक तथा आजीवन बीमालेखमा ७५ रुपैयाँ बोनसदर तोकेको छ । त्यसैगरी अग्रिम भुक्तानी बीमालेखमा १० देखि १४ वर्ष अवधिको लागि ४३ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको बीमालेखमा ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ५० रुपैयाँ बोनसदर तोकेको कम्पनीले जनाएको छ ।

२.प्राइम लाइफले जारी गरेको विभिन्न पोलिसीमा न्युनतम ३५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ सावधिक जीवन बीमालेखमा ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३५ रुपैयाँ निर्धारण गरेको छ । १० देखि १४ वर्ष अवधिको लागि पनि ४० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ४५ रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ५० रुपैयाँ, २५ वर्षदेखि माथि अवधिके लागि ७० रुपैयाँ बोनसदर कायम गरेकोे छ ।

सावाधिक तथा आजीवन बीमालेखमा ९ वर्ष अवधिसम्मको लागि प्रति हजार ३६ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५७ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा१० देखि १४ वर्ष अवधिको लागि ४० रुपैयाँ,१५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ४८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ५५ रुपैयाँ बोनसदर कायम गरेको छ भने २५ वर्ष अवधिभन्दा माथिको लागि कम्पनीले प्रति हजार ७० रुपैयाँ बोनसदर कायम गरेको छ । त्यस्तै, प्राइम जीवन उपहार  (अग्रिम भुक्तानी तथा सावाधिक) जीवन बीमा योजना र अन्य म्यादी जीवन बीमा योजनामा कम्पनीले एउटै बोनसदर (३२ं+ ४०)७२ रुपैयाँ कायम गरेको छ ।

३.महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिहजार न्युनतम रुपैयाँ ४० देखि ५२ रुपैयाँसम्म घोषणा गरेको हो ।
कम्पनीले महालक्ष्मी सावधिक जीवन बीमालेखमा ५ देखि १५ वर्ष सम्म अवधिको लागि ५० रुपैयाँ, १६ देखि २५ वर्ष अवधिको लागि ५१ रुपैयाँ , २६ देखि ३० वर्ष अवधिको लागि ५२ रुपैयाँ बोनसदर कायम गरेको छ ।

महालक्ष्मी सरल जीवन बीमा योजनामा ५ देखि १५ वर्षसम्म अवधिको लागि ५० रुपैयाँ, १६ देखि २५ वर्ष अवधिको ५१ रुपैयाँ बोनसदर तोकेको छ । त्यस्तै, महालक्ष्मी जीवन हेरचाह बीमा योजनामा ५ देखि १५ वर्ष अवधिको लागि ५० रुपैयाँ , १६ देखि २५ वर्ष अवधिको बीमालेखमा ५१ रुपैयाँ बोनसदर तोकेको कम्पनीले जनाएको छ ।

त्यसैगरी कम्पनीले महालक्ष्मी वार्षिक धनफिर्ता बीमा योजनामा कम्पनीले सबै अवधिको लागि एउटै बोनसदर कायम गरेको छ । जसमा बीमितहरुले ४० रुपैयाँ बोनस पाउनेछन् । त्यस्तै, महालक्ष्मी सावाधिक आजीवन बीमा योजनमा पनि कम्पनीले सबै बीमा अवधिको लागि एउटै बोनसदर ५० रुपैयाँ कायम गरेको बताएको छ ।

४.रिलायन्स लाइफले जारी गरेका ६ किसिमका बीमा योजनाहरुमा न्युनतम १९ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । सबैभन्दा धेरै सावधिक तथा आजीवन बीमा योजना खरिद गरेका बीमितले अधिकतम ६० रुपैयाँसम्म प्राप्त गर्ने भएका छन् ।

कम्पनीले सर्वाधिक बीमालेखमा न्यूनतम ३० देखि अधिकतम ६०, सावाधिक तथा आजीवन बीमा योजनामा ३० रुपैयाँदेखि ४५ रुपैयाँसम्म बोनसदर पाउनेछन् । त्यस्तै, कम्पनीले अग्रीम भुक्तानीमा ४१ देखि ४५ रुपैयाँ सम्म, बार्षिक अग्रीम भुक्तानी, मुद्धती नियमित शुल्कमा २४ रुपैयाँ र बार्षिक अग्रीम भुक्तानी मुद्धती एकल बीमा शुल्कमा ५४ रुपैयाँ र सबैभन्दा कम सामूहिक बीमा योजनमा १९ रुपैयाँ बोनसदर निधारण गरेको छ ।सामूहिक बीमा योजनको हकमा भने कमपनीले सबै अवधिका पोलिसी खरिद कर्ताको बोनसदर समान निर्धारण गरेको छ ।

५.मेट लाइफ इन्स्योरेन्स कम्पनीले जारी गरेको विभिन्न पोलिसीमा न्युनतम ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीको सावधिक जीवन बीमालेख (इन्डोमेन्ट प्लान)मा १ देखि १५ वर्ष अवधिसम्मको लागि प्रतिहजार ६० रुपैयाँ निर्धारण गरेको छ । १६ देखि २० वर्ष अवधिको लागि ७० रुपैयाँ, २१ वर्ष अवधि वा सोभन्दा माथिको लागि प्रति हजार ८० रुपैयाँ बोनसदर कायम गरेकोे छ ।

सावाधिक जीवन बीमालेख (एजुकेशन प्रोटेशन प्लान)मा १ देखि १५ वर्ष अवधिसम्मको लागि प्रतिहजार ६० रुपैयाँ निर्धारण गरेको छ । १६ देखि २० वर्ष अवधिको लागि ७० रुपैयाँ, २१ वर्ष अवधि वा सोभन्दा माथिको लागि प्रति हजार ८० रुपैयाँ बोनसदर कायम गरेकोे छ । त्यस्तै, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा १ देखि १५ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४५ रुपैयाँ निर्धारण गरेको छ । १६ देखि २० वर्ष अवधिको लागि ५५ रुपैयाँ, २१ वर्ष अवधि वा सोभन्दा माथिको लागि प्रति हजार ६५ रुपैयाँ बोनसदर कायम गरेकोे छ ।

कम्पनीहरुको अर्को बिमाङ्कीय मुल्याङकन बीमा समितिबाट स्वीकृत नभएसम्मको लागि आर्थिक वर्ष २०७६र७७को बोनसदर मुनाफामा सरिक हुने बीमालेखहरुमा, मृत्यु दाबी , पुर्ण वा आंशिक अवधि दाबी भुक्तानी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखहरुमा यस बोनसदर कायम हुने कम्पनीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS