IME Life New

पाँच कम्पनीको शेयर मुल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेले साधना लघुवित्त वित्तीय संस्था, मुक्तिनाथ विकास बैंक, मिर्मिरे लघुवित्त वित्तीय संस्था, हिमालयन डिष्टिलरी र गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन गरेको छ ।

नेप्सेले साधना लघुवित्तको १९ प्रतिशत बोनश शेयर समायोजनपछि शेयर मूल्य ९०४ रुपैयाँ २० पैसा तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य १ हजार ७६ रुपैयाँको आधारमा शेयर मूल्य समायोजन गरेको हो ।

Esewa
Crest

त्यस्तै मुक्तिनाथ विकास बैंकको नेप्सेले १३ दशमलव ५० प्रतिशत बोनश शेयरको समायोजनपछि शेयर मूल्य ४१९ रुपैयाँ ३८ पैसा तोकेको छ । कम्पनीको अन्तिम मूल्य ४७६ रुपैयाँको आधारमा शेयर मूल्य समायोजन गरिएको हो ।

नेप्सेले मिर्मिरे लघुवित्तको २३ प्रतिशत बोनश शेयरको समायोजनपछि नेप्सेले मूल्य ८२१ रुपैयाँ ३८ पैसा तोकेको छ । कम्पनीको अन्तिम मूल्य १ हजार १० रुपैयाँ ३० पैसाको आधारमा शेयर मूल्य समायोजन गरिएको हो ।

हिमालयन डिष्टिलरीको ६० प्रतिशत बोनश शेयरको समायोजनपछि मूल्य २ हजार ५१८ रुपैयाँ ७५ पैसा तोकिएको छ । कम्पनीको अन्तिम मूल्य ४ हजार ३० रुपैयाँको आधारमा शेयर मूल्य समायोजन गरिएको हो ।

गुराँस लघुवित्त वित्तीय संस्थाको ४ प्रतिशत बोनश शेयर समायोजनपछि मूल्य ८ सय १९ रुपैयाँ तोकिएको छ । कम्पनीको अन्तिम शेयर मूल्य ८३२ रुपैयाँ २० पैसाको आधारमा शेयर मूल्य समायोजन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS