IME Life New

पाँच कम्पनीको शेयर मुल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले पाँच कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले फर्स्ट माइक्रोफाइनान्स, फरवार्ड माइक्रोफाइनान्स,आरएसडीसी लघुवित्त, यूनाइटेड इन्स्योरेन्स र कालिका पावरको शयर मुल्य समायोजन गरेको हो ।

नेप्सेले फर्स्ट माइक्रोफाइनान्सको आजको अन्तिम कारोबार मुल्य ७६२ रुपैयाँ ९० पैसाको आधारमा १९ प्रतिशत बोनश शेयर वितरणपछिको शेयर मूल्य ६४१ रुपैयाँ ९ पैसा कायम गरेको छ ।

Esewa
Crest

त्यस्तै, फरवार्ड माइक्रोफाइनान्सको आजको अन्तिम कायम रहेको शेयर मुल्य २३८० रुपैयाँको आधारमा नेप्सेले २५ प्रतिशत बोनश शेयर वितरण पछिको शेयर मूल्य १९०४ रुपैयाँ कायम गरेको छ ।

आरएसडीसी लघुवित्तको आजको अन्तिम कारोबार पछि कायम रहेको ५६७ रुपैयाँ ९० पैसाको आधारमा ८ प्रतिशत बोनश शेयर वितरण पछि नेप्सेले कम्पनीको शेयर मूल्य ५२५ रुपैयाँ ८३ पैसा कायम गरेको छ ।

त्यसैगरी यूनाइटेड इन्स्योरेन्सको आजको अन्तिम कारोबार मुल्य ४०२ रुपैयाँकोआधारमा ५ प्रतिशत बोनश शेयर वितरण पछि कायम रहेको मुल्यको आधारमा कम्पनीको मूल्य ३८२ रुपैयाँ ८६ पैसा कायम गरेको छ ।

साथै कालिका पावरको आजको अन्तिम कोरोबार मुल्य ३८५ रुपैयाँ ४० पैसाको आधारमा १५ प्रतिशत बोनश शेयर वितरण पछि कायम रहेको मुल्यको आधारमा कम्पनीको शेयर मुल्य ३३५ रुपैयाँ १३ पैसा कायम गरेको छ ।

यी कम्पनीहरुले साधारण सभा प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले शेयर मुल्य समायोजन गरेको हो । आज नेप्सेले कायम गरेको सोही मूल्यकै आधारमा अब आइतबार कारोबार खुल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS