IME Life New

पाँचथर र ताप्लेजुङमा पशु बीमाप्रति किसानको आकर्षण बढ्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

पाँचथर। पाँचथर र ताप्लेजुङमा पशु बीमा कार्यक्रमप्रति किसानको आकर्षण बढ्दै गएको छ। कतिपय बीमा कम्पनीले पशु बीमा गर्ने किसानका लागि एक सय रुपैंया थप्दा पशुधनीकोसमेत बीमा हुने सुविधा ल्याएकाले पाँचथरमा पशु बीमातर्फ किसानमा आकर्षण बढ्दै गएको हो।

पालिरहेको पशु रोग वा दुर्घटनाले मरिहाले जोखिम कभर हुनेहुँदा किसान ढुक्क भएको फिदिम नगरपालिका–२, देउरालीमा गाई फार्म सञ्चालन गरिरहेका टेकनाथ रिजाल बताउँछन् । उनले भने, ”मैले ८ वटा गाईको बीमा गरेको छु,”

Esewa
Crest

पशुको बीमा गर्दा शुरुमा त्यसको स्वास्थ्य परीक्षण गर्नुपर्ने पशु सेवा प्राविधक लक्ष्मी बाँस्कोटाले बताए । दर्जनौ बीमा कम्पनीहरुले यस ठाउँमा पशुको बीमा गरिरहेका छन् । ताप्लेजुङमा एक हजार ५०० बढी चौपायाको बीमा गरिएको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा ५०८ को बीमा गराएकोमा २४ वटा मृत्यु दाबी भएको थियो । तीमध्ये २१ पशुको दाबी भुक्तानी दिइसकेको छ ।

त्यस्तै २०७५/७६ मा ९९३ पशुको बीमा भएकोमा २३ पशुको मृत्यु दाबी आएको र २० वटा पशुको दाबी भुक्तानी गरेको कम्पनीले जनाएको छ । स्रोत: रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS