IME Life New

पाँचथर पावरको एजिएम आज, प्रस्तावित लाभांश पारित गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले आज पुस १८ गते सोमवार सातौं वार्षिक साधारण सभा गर्दैछ । कम्पनीले होटल इम्पेरियल बत्तीसपुतली, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने जनाएको छ । सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांश अनुमोदन गर्नेछ ।

यस वर्ष कम्पनीले हाल कायम चुक्तापूँजी रू। ९६ करोड २५ लाखको आधारमा ७ प्रतिशत करसमेत नगद लाभांश दिने प्रस्ताव गरेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ७ गते बुक क्लोज गरेको छ ।

Esewa
Crest

बुक क्लोजको आधारमा पुस ६ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् । कम्पनीले पहिलो पटक लाभांश वितरण गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS