IME Life New

पहिलो पटक शनिबार औपचारिकरुपमा सेवा दिंदै बीमा कम्पनी, कर्मचारीलाई कतै भ्याई नभ्याई, कतै हाई हाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरुले पहिलो पटक औपचारिकरुपमा शनिबार समेत कार्यालय संचालनमा ल्याएका छन् । बैंक तथा वित्तीय संस्थाहरुले शनिबार वा सार्वजनिक बिदाको दिन समेत औपचारिकरुपमै सेवा प्रवाह गर्दै आएको भएपनि बीमा कम्पनीहरुले पहिलो पटक सप्ताहन्तको दिन नियमित कारोबारसहित कार्यालय संचालनमा ल्याएका हुन् ।

केही बीमा कम्पनीका अण्डरराइटिङ विभागका कर्मचारीहरुलाई बीमालेखको प्रस्ताव विश्लेषण र स्वीकृत गर्नको लागी अहिले भ्याई नभ्याईको अवस्था छ । भने केही बीमा कम्पनीका अण्डरराइटिङ विभागका कर्मचारीहरु फुर्सदिलो अवस्थामा छन् ।

Esewa
Crest

शाखा,उपशाखा, तथा बजार व्यवस्थापन विभागबाट बीमालेख जारी गर्नको लागी प्राप्त हुने प्रस्तावउपर जोखिमको स्तर मापण गरेर अण्डराइटिङ विभागका कर्मचारीले थप कागजप्रमाण वा स्वास्थ्य जाँच प्रतिवेदन माग गर्ने र सन्तोषजनक देखिएमा बीमालेख जारी गर्छन् ।

एक लाख वा सोभन्दा बढी रकम नगद भुक्तानी लिन नपाइने प्रावधानका कारण प्रथम बीमाशुल्कवापत नगद प्राप्त हुने रकमलाई बीमितकै नामबाट बीमा कम्पनीको खातामा जम्मा गरेर बैंकिङ प्रणालीबाट कारोबार भएको प्रमाण जुटाउने प्रयास गरिरहेका छन् । बजार विभागका कर्मचारीहरु शाखा,उपशाखा र मुख्य अभिकर्ताहरुसँग कतिको बिजनेश आउँदैछ भन्दै पल पलमा जानकारी लिन व्यस्त छन् ।

प्रमुख कार्यकारी अधिकृतहरु प्रथम बीमाशुल्क आर्जनको अवस्थाबारे सफ्टवेयरबाटै र बजार विभाग प्रमुखसँग छिन छिनमा अध्यावधिक जानकारी माग गर्दैछन् । ठूला संभावित बीमितलाई आफैंले पनि बीमा गरिदिनको लागी अनुरोध गर्दैछन् ।

यस वर्ष बीमा समितिले पुरानो मितिमा बीमालेख जारी गर्न नपाउने प्रावधान कडाईका साथ लागू गर्ने चेतावनी दिएकाले चालू आर्थिक वर्षको अन्तिम दिन आज शनिबार समेत देशैभर जीवन बीमा कम्पनीको कार्यालयहरु खुल्ला रहेका छन् ।

गत वर्षसम्म पनि जीवन तथा निर्जीवन बीमा, दुबै खाले कम्पनीले पुरानो मितिमा बीमालेख जारी गर्ने र पुरानै मितिमा बीमाशुल्क आम्दानी देखाउने प्रवृत्ति रहँदै आएको थियो । पुरानो मितिमा बीमालेख जारी गर्दा वास्तविक समयमा बीमाशुल्क आम्दानी नै नभई बीमा कम्पनीले दायीत्व स्वीकार्ने हुँदा जोखिम उच्च भएको र वित्तीय पारदर्शिता कायम हुन नसकेको भन्दै बीमा समितिले रोक लगाएको हो ।

बैंक तथा वित्तीय संस्थाहरु खुल्ला रहेका कारण जीवन बीमा कम्पनीहरुको लागी सहज भएको छ। चालू आ।व।को कारोबारमा प्रगति गर्न थप एक दिन बोनश स्वरुप पाएका छन् । बीमा कम्पनीका अभिकर्ता तथा कर्मचारीहरु बिहानैबाट नयाँ बीमालेख जारी गर्ने काममा खटिएका छन् । नगद काउण्टर समेत खुल्ला भएपनि नविकरण बीमाशुल्क भुक्तानी गर्न आउने वा बीमालेख कर्जा लिन आउने बीमितको भिडभाड बिल्कुलै देखिएको छैन ।

चालू आर्थिक वर्षमा जेठमसान्तसम्मको व्यापारको आँकडाको आधारमा विश्लेषण गर्दा जीवन बीमाकम्पनीको प्रथम बीमाशुल्क आम्दानीको वृद्धि दर १० देखि १५ प्रतिशतको हारहारी रहने अनुमान गरिएको छ । वित्तीय तरलताको अभावका कारण यसपटको वृद्धिदर पोहोरको जस्तो सहजरुपमा हासिल भएको होइन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS