IME Life New

पहिलो त्रैमासमा ३९ बीमा कम्पनीको ४० अर्ब रुपैयाँ बीमा शुल्क आम्दानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाल सञ्चालनामा रहेका ३९ वटा बीमा कम्पनीहरुल चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा ३९ अर्ब ८६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । समितिको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्ष २०७७/७८ को असोज मसान्तसम्ममा ३२ अर्ब रुपैयाँ भन्दा बढी बीमाशुल्क आर्जन गर्न सफल भएका छन् भने निर्जिवन बीमा कम्पनीहरुले सात अर्ब ५८ करोड भन्दा बढि बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

समितिको तथ्याङ्क अनुसार चालु आर्थिक बर्ष २०७७।७८ को असोज मसान्तसम्ममा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्न कम्पनी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले असोज मसान्तसम्ममा ९ अर्ब १ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोशन (नेपाल) रहेको छ । कम्पनीले असोज मसान्तसम्मा ५ अर्ब ५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।तेस्रोमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान रहेको छ । कम्पनीले यस अवधिसम्ममा ४ अर्ब ३५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

Esewa
Crest

त्यस्तै,नेशनल लाइफले २ अर्ब ८२ करोड रुपैयाँ, युनियन लाइफले १ अर्ब ५२ करोड रुपैयाँ, एशियन लाइफले १ अर्ब ४७ करोड रुपैयाँ, मेट लाइफले १ अर्ब २२ करोड रुपैयाँ, प्राइम लाइफले १ अर्ब ६ करोड रुपैयाँ, गुराँस लाइफले ९७ करोड रुपैयाँ सूर्या लाइफले ८५ करोड रुपैयाँ, सिटिजन लाइफले ६३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

रिलायबल लाइफले ५४ करोड रुपैयाँ, आइएमई लाइफले ५४ करोड रुपैयाँ, ज्योति लाइफले ५४ करोड रुपैयाँ, रिलायन्स लाइफले ४८ करोड रुपैयाँ, सन नेपाल लाइफले ४३ करोड रुपैयाँ, सानिमा लाइफले ३५ करोड रुपैयाँ, प्रभु लाइफले २५ करोड रुपैयाँ, र महालक्ष्मी लाइफले २४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, बीमा समितिको तथ्याङ्क अनुसार शिखर इन्स्योरेन्स कम्पनी पहिलो हुन सफल भएको छ । कम्पनीले पहिलो त्रैमासको अवधिसम्ममा ९० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
त्यसैगरी, दोस्रोमा सगरमाथा इन्स्योरेन्स छ । कम्पनीले पहिलो त्रैमासको अवधिसम्ममा ७३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै नेको इन्स्योरेन्स तेस्रो हुन सफल भएको छ ।सो कम्पनीले ६८ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको छ । सिद्धार्थ इन्स्योरेन्स ६२ करोड सहित तेस्रो स्थानमा छ भने एनएलजी इन्स्योरेन्स ५६ करोड कूल बीमा शुल्क आर्जन सहित पाँचौ स्थानमा छ । यसअघि दोस्रो स्थानमा रहने प्रयासमा रहेको सिद्धार्थ इन्स्योरेन्स यस पटक भने तेस्रो स्थानमा झरेको छ ।

त्यसैगरी, गत वर्षसम्म निकै पछाडि रहेको एनएलजी इन्स्योरेन्स साउन महिनादेखि नै लगातार पाँचौं स्थानमा पर्दै आएको छ । एनएलजीले प्रिमियर, प्रभु र लुम्बिनी जनरल इन्स्योरेन्सलाई उछिन्न सफल भएको छ ।

नयाँ कम्पनी अजोड इन्स्योरेन्सले नेपाल इन्स्योरेन्स, पु्रडेन्सियल, अजोड, नेशनल र ओरियन्ट, एभरेष्ट इन्स्योरेन्सलाई जित्न सफल भएको छ । त्यस्तै, युनाईटेड इन्स्योरेन्सले हिमालयन जनरल इन्स्यारेन्सलाई जित्न सफल भएको छ । सानिमा जनरल इन्स्यारेन्स १२ करोड बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS